Fri. Mar 29th, 2024

काठमाण्डौ , नेपाली फिल्ममा रुचाइएको जोडी  मध्येको एक दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ह्याप्पी डेज’ को डबिङ बेलायती टेलिभिजन स्टार जेनी वकलले सकाएकी छिन । उनले नेपालमै आएर डबिङ सकाएकी हुन् । बेलायती टेलिभिजन शो स्टेफ एण्ड डम्स , वान स्टार टु फाइभ स्टार लगायतका सेरिजले उनलाई चर्चामा ल्याएको थियो ।
फिल्मको एक महत्वपूर्ण कलाकार रहेकाले उनकै स्वरमा फिल्मको डबिङ गराइएको निर्देशक मिलन चाम्सले बताए । ‘ उहा नेपाल आउदा निकै उत्साहित हुनुहुन्थ्यो’ मिलनले भने ‘उहाको ब्यबहारिक पक्ष र काम प्रतिको सम्मानले म इम्प्रेस भए ।’ जेनीले नेपाल पनि घुमिन भने मिलनसंग केहि विषयमा गफिन पनि । ७० वर्षीय जेनीको काम गर्ने शैलीले आफुलाई निकै उर्जा मिलेको मिलनको बुझाइ छ ।
साथै उनले नेपाली प्रविधिबाट पनि प्राविधिकले दिने गरेको उत्कृष्ट कामको पनि खुलेरै तारिफ गरेको मिलनले बताए । दया र प्रियंकासंगै संजय गुप्ता , बिक्की जोशी लगायतको अभिनय रहेको फिल्म ‘ह्याप्पी डेज’ माघ १२ मा रिलिज हुनेछ । फिल्मको टिजर केहि समय अगाडी नै रिलिज भईसकेको छ ।

Leave a Reply

%d bloggers like this: