Fri. Mar 29th, 2024

विगत २ वर्षदेखि सञ्चालनमा आएको नोभेम्बर जिन्सले  अहिलेका चल्तीका नायक प्रदीप खड्कालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।राजधानीमा आइतबार एक कार्यक्रम मार्फत नोभेम्बर जिन्स नेपालका प्रबन्ध निर्देशक र नायक खड्काबीच ब्राण्ड एम्बेसडरका लागि एग्रिमेन्ट भएको थियो । समारोहमा बोल्दै प्रदीपले भने, ‘मलाई कहिले चाउचाउ कहिले साबुन त कहिले कुन ब्राण्डको एम्बेसडर बन्नका लागि अफर आइरहन्थ्यो । तर म आबद्ध भएपछि उक्त ब्राण्डको लागि आफूले पनि केहि दिन सक्नुपर्छ भनेर कुनैमा संलग्न भइन । नोभेम्बरका लागि भने ब्राण्ड प्रवद्र्धनका लागि सक्दो काम गर्नेछु ।’
नोभेम्बर जिन्स नेपालको उद्देश्य विदेशी ब्राण्डका कपडाहरुको उपभोगलाई कम गराउँदै लैजानु रहेको छ । साथै नेपालकै उत्पादनब्राण्डका कपडाहरुलाई युवा पुस्ता माझ स्थापित गराउने रहेको छ । हाल बजारमा जेन्स्का लागि चाहिने जिन्स प्यान्ट, टि–सर्ट, आउटर, विन्टर ज्याकेट, समर ज्याकेट आदि उपलब्ध छ ।

Leave a Reply

%d bloggers like this: