Fri. Mar 29th, 2024

‘प्रेमगीत’बाट चर्चामा आएका प्रदीप अभिनित तेस्रो फिल्म ‘प्रेमगीत २’ गएको साउन १३ गते प्रदर्शनमा आएको थियो । ‘प्रेमगीत २’ बाट सुपरस्टारको रुपमा आफूलाई उभ्याएका प्रदीपलाई ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले ५३ लाखको कार गिफ्ट गरेका छन् । ‘प्रेमगीत’ नायक प्रदीप खड्काको क्रेजको चर्चा पछिल्लो समय खुबै छ ।

आइतवार ‘प्रेमगीत २’ ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर आयोजना गरेको सेलिव्रेशन कार्यक्रममा निर्माताले रातो रंगको हुन्डईको ‘क्रेटा’ कार गिफ्ट गरेका हुन् । निर्माता सेनले उक्त कारको नेपाल मूल्य ५३ लाख रहेको बताए । उनले भने, ‘मैँले प्रदीपलाई वचन दिएको थिए कि ‘प्रेमगीत २’ हिट भए ३० प्रतिशत शेयर दिनेछु । त्यही वचन पूरा गर्दै मैँले उक्त कार गिफ्ट गरेको हुँ ।’ कार गिफ्ट पश्चात नायक प्रदीप खड्काले सन्तोष सेनलाई अंकमाल गर्दै धन्यवाद व्यक्त गरे ।
 यसअघि प्रदीपले सन्तोष सेनकै निर्माणमा बनेको फिल्म ‘प्रेमगीत’मा अभिनय गरेका थिए । सन्तोषकै लगानीमा निर्माण हुन लागेको नयाँ फिल्म ‘दीपेन्द्र सरकार’मा पनि प्रदीपको नै मुख्य भूमिका छ । प्रदीप खड्का अहिलेका सर्वाधिक महंगा नायक समेत हुन् । हालैमा उनले फिल्म ‘लिलिबिली’का लागि २२ लाख पारिश्रमिक लिएका थिए ।

Leave a Reply

%d bloggers like this: