Wed. Apr 24th, 2024
  लभस्टोरी  फिल्म ‘जोनी जेन्टलम्यान’ यो हप्ताको शुक्रवार आजबाट प्रदर्शन आरम्भ गरेको छ l नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म ‘नाई नभन्नू ल ४’ मा अभिनय गरेका थिए । ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पल अभिनित तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ अहिले प्रतिक्षित बनेको छ । फिल्ममा पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।
 फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: