Sat. Apr 20th, 2024
  मंगलवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘लिलिविली’को औपचारिक निर्माण घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा  नायक प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । फिल्ममा प्रदीपले दुई नायिकासँग रोमान्स गर्दैछन् । प्रदीपको अपोजिटमा नायिकाद्धय जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् । यी दुई नायिकाले ‘लिलिविली’बाट फिल्ममा पाइला राख्न लागेका हुन् । फिल्ममा नायक अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् ।
गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको संयूक्त लगानीमा निर्माण हुने यो फिल्मको छायाँकन तिहारपछि सुरु हुनेछ । चार बडिगार्डसहित फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा प्रवेश गरेका प्रदीपले ‘लिलिविली’ टिमसँग जोडिन पाउँदा निकै खुशी महशुस गरेको बताए । उनले भने, ‘मलाई सधै एउटै प्रश्न आउने गर्थ्यो आशुषेन फिल्मस्को ब्यानरभन्दा बाहिरी ब्यानरको फिल्ममा काम गर्नुहुन्न ? अब ‘लिलिविली’ले यो प्रश्नको पनि उत्तर दिएको छ । कथावस्तु, आफ्नो भूमिका र पूरा टिम मनपरेका कारण मैँले ‘लिलिविली’ साइन गरेको हुँ ।’फिलमको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ । फिल्मको प्रदर्शन मिति चैत ३० गतेलाई फाइनल गरिएको छ ।

Leave a Reply

%d bloggers like this: