Tue. Apr 23rd, 2024
 फिल्म ‘मंगलम’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । फिल्ममा अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फस्ट लुकमा अटाइएको छ । पोष्टरमा साम्राज्ञीको हातमा एउटा फ्रेम छ, जसमा नायिका शिल्पा पोखरेल, नायकद्धय पुष्प खड्का र पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ ।
 मंगलवार मात्र ‘मंगलम’को प्रदर्शन मिति असोज ११ गतेलाई फाइनल गरिएको हो । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।
 फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । निर्माता छविराज ओझाका अनुसार, केही दिनमा नै फिल्मको ट्रेलर समेत सार्वजनिक हुनेछ । फिल्म ‘मंगलम असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।

Leave a Reply

%d bloggers like this: