Thu. Apr 18th, 2024

काठमान्डू,२० भाद्र ,नाट्य संस्था रंगसारथी द्वरा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको  लघु चलचित्र “सामान” को आज व्यवस्थापिका संसद भवन सिंहदरवारमा प्रदर्शन गरिएको छ l अन्तरास्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकको एक अजेण्डा बनि सो समितिका सभापति माननीय जे बि टुहुरे,श्याम श्रेष्ठ , प्रेम सुवाल, चुडा मणि लगयतले गम्भीरता साथ् अवलोकन गर्नुका साथै सामान टिम को प्रसंसा गर्नु भएको छ ! फिल्मले एउटा देशको मात्र एजेन्डा नउठाएर पुरा विश्वभरिका देशको अजेण्डा भएकोले नेपाल मार्फत  यो बिषयलाई पार्लियामेन्ट हाउसमा छलफल गरि सयुक्त राष्ट्र संघ सम्म पुग्नेमा समान टिम आशावादी रहेको छ l फिल्मलाइ संसद भवन भित्र स्थान दिनु “सामान” टिमको एक एतिहासिक उपलब्धि मान्न सकिन्छ l हिडन इसु लाइ फिल्म मार्फत छर्लंग पारेको भन्दै  चलचित्र सबैको प्रसंसनिय बन्न पुग्यो
खाडी लगायतका मुलुकहरुबाट प्राय हरेक दिन नेपाल ल्याइने कफिनहरु र बिदेशी भुमिदेखी नेपाल ल्याउने सम्मको कानुनि ,प्रसासकिय प्रक्रिया विश्व मानव अधिकारको प्रचलित अभि सन्धि भित्र आजको मिति सम्म संयुक्त राष्ट्र संघबाट  समेत सम्बोधन हुन नसक्नु र यस तर्फ नेपाल लगायतका अन्य देशका  सरकारहरु समेत गम्भीर हुन नसक्नु बिडम्बना नै हो विभिन्न कारणबस मृत्यु भै  एक ठाउँ बाट अर्को ठाउमा कार्गोबाट पुर्याइने शब् बक्स र त्येस भित्र रहेको मृत मानव शरीरलाइ कुनै वस्तु सरह  कार्गो कम्पनि .एयरलाइन्सहरुले आफ्नो ढुवानी बस्तु सूचीमा राख्ने गरेको पाइएको छ l
उल्लेखित बिषयलाई समेटेर तयार गरिएको चलचित्र सामान निर्माणको मुख्य उद्देश्य  ओझेलमा रहेको बिषयलाई राष्ट्र संघ मानव अधिकार वादी संघ सस्था तथा नेपाल सरकार र अन्य देशका सरकार हरुको गम्भीर ध्यान आकर्षण गराई त्यसलाई सम्बोधन को प्रयास गर्ने र त्यस भित्र रहेका समस्या  चुनौती बारे नया विश्व ब्यापी  बहस शुरु गराउने हो l   यो प्रयासले कुन हदसम्मको र कहिले सम्म मानविय उचित सम्बोधन पाउछ सामान टिम आशाबादी रहेको छ l
चलचित्र “सामान”का कलाकारहरुमा यस बी शाही , ज्योति राइ  शंकर मैनाली ,  रोहानी लामा, दिलिप खड्का ,राज भट्टराई ,सरस्वति अधिकारी. नरेश भुर्तेल .सरिता शाह .कृष्ण शर्मा .कमल गीरी  आदि रहेका छन् l   कार्यकारी निर्मातामा कुमार राज शर्मा रहेका छन् भने फिल्मको कथा/पटकथा  स्वयम् निर्देशक बिजय बिष्फोट कै रहेको छ l
 

Leave a Reply

%d bloggers like this: