यस्तो देखियो तक्मे बुढा र रेखाको जोडी (फोटो फिचरसहित)

मनोरंजनसंसार डटकम | १६ भाद्र २०७४, शुक्रबार १४:२४

काठमाडौ, १५ भदौ । मध्यान्हतिर बुधबार सिखाली चौरमा चर्चित हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ र अभिनेत्री रेखा फागो सँगै भेटिए । जहाँ तक्मे बुढा लजाइरहेका थिए । सोल्टिनीसँग भेटिँदा उनी लजाएका हुन् ।
‘भेटै भयो सोल्टीज्यू माइबेनी मेलैमा, भीर फूल टिपी सोल्टी ज्यू लाइदिनु शिरैमा’ भन्दै रेखाले आग्रह गर्दा यी चर्चित हास्य अभिनेता सर्माउँदै मुस्कुराए । तक्मेको लजाजु स्वभाव र मुस्कानमा लठ्ठ भएकी सोल्टिनीले छाड्नै कुरै भएन । अन्ततः विल्सन अर्थात तक्मे बुढा सोल्टिनीको जालमा परेरै छाडे ।
प्रशंग म्युजिक भिडियो छायांकन हो । पछिल्लो समयका चर्चित र व्यस्त गीतकार राम रेप्चुङ राईको शब्दरचना तथा नेपाली तारा सिजन–३ का फस्ट रनरअप देबेश राई र ‘नेपाल आईडल’ टप–७’ प्रमिला राईको स्वर रहेको ‘भेटै भयो सोल्टीज्यू…’ को भिडियो बुधबार सिखाली चौर र त्यस आसपासमा छायांकन गरिएको छ । देबेशकै संगीत रहेको उक्त निकै मिठो पुर्बेली लोक आधुनिक गीतको भिडियोमा तक्मेकको सोल्टिनी बनेकी छन् अभिनेत्री रेखा फागो ।

नेपाली चलचित्र ‘तारेभीर’मार्फत चर्चामा आएकी अभिनेत्री रेखा र चर्चित हास्य अभनेता विल्सन ‘तक्मे बुढा’लाई भिडियोमा उतार्दैथिए, पत्रकार एमपी सुब्बाले । गीतको भावना अनुसार तक्मेलाई लजाुलु स्वभावको सोल्टाको भूमिकामा उतारेको निर्देशक सुब्बाले बताए । भिडियोमा तक्मे बुढा र अभिनेत्री रेखाको जोडी निकै जमेको समेत उनले बताए । भिडियोमा रेखा तक्मे बुढाको चञ्चली सोल्टिनीको भूमिकामा देखिनेछिन् ।

तेह्रथुमे ढाका बुटिक तथा निरु आङबुङले तयार गरेको पहिरनमा प्रस्तुत भएका विल्सन अर्थात तक्मे बुढालाई सुन्दर रुपमा उतार्नेका काम छायांकार राम केसीले गरो छन् । कर्णप्रिय गीत, सुन्दर लोेकेशन अनि छायांकनका कारण भिडियो निकै उत्कृष्ट बन्ने दावी निर्देशक एमपी सुब्बाले गरेका छन् । नेपाली आईडल टप–७ बाट बाहिरिएकी प्रमिलाको यो पहिलो म्युजिक भिडियो हो ।

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation