Fri. Apr 19th, 2024

अहिले गीत वा कुनै भिडियोको सफलताको मापदण्ड युटुब बनेको छ । युटुबमा हेरिएको आधारमा कुन भिडियो चर्चित बन्यो भन्ने आँकलन गर्न सकिन्छ ।विश्वमा सबैभन्दा धेरै पटक हेरिएको भिडियोको कुरा गर्दा ‘गङनम स्टाइल’को नाम लिने गन्छि । करिब २ अर्ब ८९ करोड ६१ लाख ७७ हजार भन्दा बढी पटक हेरिएको यो गीतको रेकर्डलाई अब अर्को एक गीतले तोडेको छ ।
सी यू एगेन’ बोलको गीतले अब ‘गङनम’ स्टाइलको रेकर्डलाई तोडेको हो । यो समाचार तयार पार्दासम्म यो भिडियो २ अर्ब ९० करोड २४ लाख ८१ हजार भन्दा बढी पटक हेरिएको छ ।गङनम स्टाइल’को भिडियो हेर्नेको संख्या २ अर्ब कटेपछि युटुबले आफ्नो काउन्टिङ शैलीलाई नै परिवर्तन गरेको थियो ।

 

Leave a Reply

%d bloggers like this: