Thu. Apr 18th, 2024

नेपाली फिल्मको प्रमोशन पद्दतिले बलिउडको शैलीलाइ फलो गरेको पाइएको छ l चलचित्र कारखानाले आफ्नो प्रोमोशनलाइ तिब्र रुपमा अगाडी बढाई रहेको बेला फिल्म कारखानाले नेपाल आइडलमा ,कान्तिपुर टेलिभिजन को “ह्वाट द फ्लप” प्रोग्राममा गएर फिल्मको पब्लिसिटी गरेको छ l यसलाई बलिउड स्टाइल पनि भन्ने गरेको पाइन्छ ।
फिल्मका दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको प्रेम संघर्ष देख्न सकिन्छ । शुशिल श्रेष्ठ फिल्म होस्टेल रितर्न्स र बर्षा सिवाकोटी फिल्म पशुपति प्रसाद बाट नेपाली फिल्म मा डेव्यु गरेका हुन् l सुशिल र बर्षाका अलवा फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि मुख्य भूमिका छ भने उक्त फिल्ममा प्रेम, अवरोध र द्धन्द्धको रस मिसाइएको फिल्मको स्वाद पाउन सकिन्छ ‘कारखाना’ मा उठान गरेको कथावस्तु एकदमै स्ट्रोंग रहेको निर्माण पक्षले जानेको छ । निर्देशक अमरअदिप सापकोटाले फिल्ममा फरक कथावस्तु उठाएका कारण दर्शकहरुले मनपराउने बताएका छन् । फिल्मलार्इ सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन्। चन्द्र पन्तको द्वन्द्व, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।फिल्मले दर्शकको मन जित्नेमा आफु ढुक्क भएको निर्माण पक्षले बताएका छन् lअसार १६ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।

Leave a Reply

%d bloggers like this: