Tue. Apr 23rd, 2024
एकपछि अर्को हिट फिल्म दर्शकमाझ पस्किएर सेलिव्रेटी मेकर बनेका सुनिल रावलले आफ्नो जन्मदिनमा केही कमिटमेन्ट गरेका छन् । जून कुरा उनले फिल्मीकुरा माझ सेयर गरेका हुन् । सर्वप्रथम त नेपाली फिल्म नचलिरहेको बखत ‘सायद’ जस्तो फिल्म निर्माण गरी टिनएज् दर्शकलाई हल तान्न सफल सावित भएका उनले ३६ औं वर्ष गाठमा पनि टिनएज् दर्शकलाई नै टार्गेट गरेर स्तरिय फिल्म मेकिङ गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तै उनले आफूले बनाउने फिल्ममा प्रतिभावान नवकलाकारलाई सधैं प्रोत्साहन गर्ने हेतुले फिल्ममा ब्रेक दिने गरेको बताउँदै यो क्रम आगामी दिनमा पनि जारी रहने बताएका छन् । त्यसो त कमिटमेन्ट कै कुरा गर्ने हो भने उनले फिल्मको कन्टेन्ट अनुरुप स्तरिय फिल्मका लागि बजेटमा आफूले कहिले पनि कम्परमाइज नगर्ने वाचा गरेका छन् ।
यी त थिए निर्माता रावलले जन्मदिनमा गरेका प्रतिवद्धता । र सँगै उनले यो पटकको जन्मदिन ‘सायद २’ यूनिट सँग आफ्नै घरमा साँझ जमघट गरेर मनाउदै छन् ।

Leave a Reply

%d bloggers like this: