Thu. Mar 28th, 2024

 
अमेरिकाको क्यालिफोर्नियानमा ‘फेस्टिभल अफ ग्लोबल २०१७’ हुने भएको छ । प्रत्येक वर्ष आयोजना गरिदै आएको यो फेस्टिभलमा नेपाल तेस्रो पटक सहभागी हुँदैछ ।
यो पटकको नेपाल म्यानेजमेन्ट भने निर्माता सुमन विष्टले सम्हाल्ने भएका छन् । आउदो अगष्ट ४ देखि १४ तारिख सम्म क्यालिफोर्नियामा हुने उक्त फेस्टिभलमा नेपाल सहित विश्वका १५ देशका सिनेकर्मी सहभागी हुने निर्माता विष्टले फिल्मीकुरालाई जानकारी दिएका छन् ।
कान्जिरोवा मिडियाका अध्यक्ष समेत रहेका युवा व्यवसायी सुमनले भने, ‘आउदो अगष्टमा हुन गइरहेको यो फेस्टिभल २५ औं वर्ष पार गर्दैछ । सिल्भर जुब्लीको अवसरमा यो पटक भव्य कार्यक्रम हुँदैछ । नेपाली सिनेमाको कुरा सो सम्मेलनमा पु¥याउनु सक्नु हाम्रो उपलब्धि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ त्यसो त विगत वर्षमा नेपालको तर्फबाट राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, केकी अधिकारी, नन्दिता केसी, शंकर विसी लगायतका थुप्रै कलाकार यो फेस्टिभलमा सहभागी भइसकेका छन् ।
यो पटक चाहि कुन कुन कलाकार सहभागी हुन्छन् त भन्ने फिल्मीकुराको प्रश्नमा युवा व्यवसायी समेत रहेका निर्माता विष्टले थपे, ‘कलाकार छनोट गर्न बाँकी नै छ । कतिपय कलाकार उतै लुकेर बस्ने गरेकाले यो पटक आयोजक निकै सजग भएर लागेकोले यहि नै कलाकार लैजाने भन्ने फिक्स् भएको छैन ।’
उता अमेरिकामा रहेर भने कौशल प्रताप जेवि राना, सुरज शाह र राजन गिरीले कार्यक्रमको म्यानेजमेन्ट गर्नेछन् । कौशल लायन्स क्लब अफ बर्केली अन्नपूर्णका प्रेसीडेन्ट समेत हुन् । तीन महिना अघि देखि तयारीमा लागेका सुमन र अमेरिकाका कौशलले यो पटकको कार्यक्रम अर्थपूर्ण रहने बताएका छन् ।

Leave a Reply

%d bloggers like this: