Wed. Apr 24th, 2024

बलिउड फिल्म बजारका एक्सन स्टार टाइगर श्राफले ट्विटरमार्फत आफ्नो नयाँ फिल्म ‘बागी’को सिक्वेलको घोषणा गर्दै फिल्म ‘बागी २ पहिलो पोष्टर सार्वजनिक ‘गरेका छन् । फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने साजिद नडियाडवालाले निर्माण गर्नेछन् ।सार्वजनिक पोष्टरमा एक व्यक्ति ठूलो बन्दूक बोकेर उभिएको देख्न सकिन्छ । उसको हातमा एक रातो रंगको कपडा बाँधिएको छ तर अनुहार भने देखाइएको छैन् पोस्टरलाइ एकदमै सस्पेन्समा राखिएको छ ।यो फिल्मको प्रिक्वेल ‘बागी’ गएको बर्ष रिलिज भएको थियो, जसमा टाइगरको अपोजिटमा श्रद्धा कपूर देखिएकी थिइन् । फिल्मलाई दर्शकहरुले निकै रुचाएका थिए । अहिले टाइगर श्राफ आफ्नो आगामी फिल्म ‘मुन्ना माइकल’ को काममा व्यस्त छन् तर यसैबीचमा उनले आफ्नो नयाँ फिल्मको जानकारी दिएर फ्यानहरुलाई सरप्राइज दिएका छन् । यो फिल्म अर्को बर्षको २७ अप्रिलमा रिलिज हुनेछ ।बागीलाइ दर्शक ले रुचाए पछि बागी-२ को निर्माण भएको अनुमान लाउन सकिन्छ l

Leave a Reply

%d bloggers like this: