Fri. Mar 29th, 2024

बिनोद चौधरी कुनै अपरिचित नाम भने होइन नेपालका उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री गए राती उदयपुरको जगमन्दिरमा विवाह वन्धनमा बधिएका छन् । उक्त विवाह समारोहमा उद्योगी, राजनीति र फिल्म क्षेत्रका चर्चित हस्तीहरु सहभागी थिए । श्रीलंकाका पीएम रोबिन विक्रमसिंघे, फिल्म अभिनेता सलमान खान, शत्रुघ्‍न सिन्हा र राजस्थानका सामाजिक न्याय अधिकारिता मन्त्री अरुण चतुर्वेदीसहित कयौं हस्तीहरु विवाह समारोहमा उपस्थित थिए ।
जगमन्दिरमा हिजो राती भएको विवाह समारोहमा सलमानको एक झलक हेर्नका लागि मानिसहरु भिड ठूलै लागेको थियो । विवाह कार्यक्रममा सलमान करिब एक घण्टा बसेका थिए र जब भिड कम हुन थाल्यो फेरी उनी विवाह स्थलमा पुगेका थिए । सलमानले विवाह समारोहमा पाहुनाहरुसँग निकै समय कुराकानी पनि गरेका थिए । गत् बर्ष विनोद चौधरी र सलमान खान बीच विशेष कामको शिलशिलामा भेट भएको थियो । त्यसपछि उनीहरुको सम्बन्ध घनिष्ट बन्दै गएको थियो । सलमानले विनोद चौधरीको निमन्त्रणालाई स्वीकार गर्दै वरुणको विवाह समारोहमा पुगेका हुन् । नेपाली नागरिक बिनोध चौधरीको छोराको विवाहमा बलिउड सुपरस्टार सलमान खानको उपस्तिथीले नेपालीको गौरवतालाइ उच्च स्थानमा पुर्याएको छ l अहिले भारतीय मिडियामा नेपालका अर्ब पति को छोरा को बिहेको चर्चा परिचर्चा निकै भएको छ l

Leave a Reply

%d bloggers like this: