Fri. Mar 29th, 2024

प्रवास र राना दगुबत्तीको मुख्य भूमिका रहेको फिल्म ‘बाहुबली २’ भारतको अहिलेसम्मकै सर्वाधिक महंगो फिल्म आजबाट रिलिज भएको छ । भारतमा मात्र ८ हजार हलमा रिलिज भएको छ ।जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो । विशेषगरि, ‘कटप्पाले बाहुवलीलाई किन मारे ?’ भन्ने प्रश्न पहिलो श्रृङ्खलाले छाडेका कारण पनि दोश्रो श्रृङ्खला यति चर्चामा रहेको हो । यो फिल्मले हिन्दी भर्सनमा ९० प्रतिशतको अकुपेन्सी र अन्य भाषामा शत प्रतिशत अकुपेन्सीको व्यापार गरेको छ ।यसैले पनि ८ हजार हलबाट फिल्मले सय करोड ग्रसको कलेक्शन गर्ने अनुमान गरिएको छ ।
बाहुबलीका प्रोड्यूसर शोबु यरलागड्डा, डायरेक्टर एसएस राजामौली, कथाकार विजयेन्द्र प्रसाद र बाँकी क्रू-मेम्बर्सले दैनिक भाष्करसँग कुराकानी गर्दै बाहुबलीको सुरुवाती स्क्रिप्टमा कटप्पाले बाहुबलीलाई मार्ने कुनै प्लान नभएको बताएका छन् । खबरका अनुसार, यो सिनको ठाउँमा कहानी अरु नै थियो ।
‘बजरंगी भाईजान’ र ‘बाहुबली’ जस्ता फिल्मको कहानी लेखिसकेका विजयेन्द्रले भने, ‘पहिला हामीले कटप्पा र बाहुबलीको यो ड्रामाटिक सिनको कहानीमा ऐड गरेका थिएनौं । तर, क्रू मेम्बरले फिल्ममा ड्रामा ऐड गर्ने सुझाव दिएपछि यो सिन सबैभन्दा अन्तिममा जोडिएको थियो । यदी ड्रामाको डिमान्ड नभएको भए सायद यो प्रश्न हुँदैन थियो कि कटप्पाले किन मारे बाहुबली ? अहिले यो फिल्मको प्राण बनेको छ ।’ फिल्मको समिक्षा पनि उत्कृष्ट छ । यसैले, यो फिल्मले व्यापारमा नयाँ रेकर्ड राख्ने देखिएको छ । एसएस राजमौलीको निर्देशनमा तयार भएको यो फिल्मको भीएफएक्सलाई निकै रुचाइएको छ ।

Leave a Reply

%d bloggers like this: