Wed. Apr 24th, 2024

बलिउडका सफल अभिनेताको परिचय बनाएका विनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित खन्ना केही समय अघिदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा उनको उपचार भैरहेको थियो । १४४ वटा चलचित्रमा काम गरेका खन्ना पन्जाबस्थित गुरदासपुरबाट भारतीय जनता पार्टीका सांसद थिए । उनले सन् १९९८ बाट राजनीतिमा पनि पाइला राखेका थिए । उनी, ४ पटकसम्म भारतीय जनता पार्टीका लागि सांसदमा निर्वाचित पनि भएका थिए । उनका छोरा अक्षय खन्ना बलिउडमा चर्चित छन् । उनलाई अन्तिम पटक सन् २०१५ मा शाहरुख खान–काजोल अभिनित चलचित्र ‘दिलवाले’ मा देखिएको थियो । पछिल्लो समय उनी अभिनेता सलमान खानको फिल्म ‘वान्टेड’मा पनि देखिएका थिए । साथमा, ‘दबंग, दबंग २’मा पनि उनले अभिनय गरेका थिए ।सय भन्दाबढी बलीउड फिल्ममा अभिनय गरिसकेका उनी पत्नी कविता खन्ना छोराहरु राहुल, अक्षय र छोरीहरु श्रद्धा खन्नासँग बस्दै आएका थिए। उनले सन् १९९९ मा फिल्मफेयर लाइफटाइम अवार्ड, बेस्ट सपोर्टिङ एक्टर विधामा फिल्मफेयर अवार्ड र सन् २००७ मा जिसिने अवार्डको लाइफ टाइम अवार्ड पाएका थिए।

Leave a Reply

%d bloggers like this: