Fri. Apr 19th, 2024

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘२.०’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यो फिल्म यस बर्षको दिपावलीमा रिलिज हुने तयारीमा थियो तर संगसंगै अरु दुइ वटा फिल्म अजय देवगनको ‘गोलमाल अगेन’ र आमिर खानको ‘सीक्रेट सुपरस्टार’ रिलिज हुने भएकाले रजनी कान्तको २.० को रिलिज डेट पोस्टपोन्ड गरिएको होl त्यस्कारण अजय र अमिरको फिल्ममा रजनी कान्तको फिल्म जुध्दा राम्रो बक्स अफिस कलेक्सन गर्न नसकिने देखेर २.० फिल्मलाइ पछि सारिएको भारतीय मिडियाले जनाएका छन् lअब यो फिल्म २०१८ को जनवरी २५ मा रिलिज हुनेछ।यो फिल्ममा रजनीकान्तलाई एक पटक फेरी वैज्ञानिक वसीगरमको भूमिकामा देख्न पाइनेछ भने अक्षय कुमार पनि एक वैज्ञानिकको भूमिकामा देखिँदैछन् । अक्षयको क्यारेक्टरको नाम फिल्ममा रिचर्ड हुनेछ । अक्षयले यो भूमिकाका लागि आफ्नो हुलिया पूरा तरिकाले बदलेका थिए । यो फिल्म ३५० करोडमा बनाइएको हो ।यो रजनीकान्तको २०१० को बल्कबस्टर फिल्म ‘एन्थिरन’ को सिक्वेल हो । यसमा एमी ज्याक्सन, सुंधाशु पान्डे र आदिल हुसेन लगायतका कलाकारहरु पनि लिड रोलमा छन् ।
यस बर्षको दिपावलीमा रिलिज हुँदा यो फिल्मको भिडन्त बक्स अफिसमा अजय देवगन को ‘गोलमाल अगेन’ र आमिर खानको ‘सीक्रेट सुपरस्टार’ सँग हुने पक्का थियो । यस कारण पनि यी तीन फिल्मको चर्चा केही दिनदेखी भारतीय मिडियामा खुबै भैरहेको छ।

Leave a Reply

%d bloggers like this: