Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा मिस्टर परफेक्शनिस्ट मानिने अभिनेता आमिर खानको दंगल प्रदर्शन भएको २ हफ्ता बितिसकेको छ तर २ हफ्ता बितिसक्दा पनि अहिले सम्म पनि यस चलचित्रले आफ्नो दबदबा बनाई राखेको छ ।
दंगल ले २ हफ्ता खतम हुने सम्म घरेलु बक्स अफिसमा मात्र ३२० करोड १६ लाख कमाई गरिसकेको छ । यस्तै यस फिल्मले सलमान खान स्टारर “बजरंगी भाईजान” को ऑल टाईम कलेक्शनलाई पनि शनिवार पार गरेको छ ।
“दंगल” ले सलमानको फिल्म “सुल्तान” ले घरेलु बक्स अफिस कमाई गरेको ३०१ करोडको रेकर्डलाई पनि तोडिसकेको छ । यदि दंगल को घरेलु र बिदेशी बक्स अफिसको कलेक्शन जोड्ने हो भने बिहिवार सम्ममा फिल्मले ४०० करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।
फिल्म “दंगल” हरियाणाको फोगाट परिवारको संघर्षको कहानी हो । फिल्ममा आमिर खानले महावीर सिंह फोगाटको भूमिका निर्वाह गरेका छन् जसले आफ्नो मेहेनत र लगनले आफ्नो २ छोरी (गीता र बबीता फोगाट) लाई रेसलिङ च्याम्पियन बनाउदछन् । आमिरको यस फिल्मलाई दर्शकहरुको साथमा समिक्षकहरुबाट पनि धेरै प्रशंसा मिलिरहेको छ ।

Leave a Reply

%d bloggers like this: