Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्रको विकास अहिले निकै तिब्र अवस्थामा भईरहेको छ | नया कलाकारहरुको आगमन संगै चलचित्रको स्तरमा पनि निकै राम्रो सुधार हुदै गईरहेको छ | अहिलेका नया कलाकारहरुमा जोश जाँगरको साथमा अभिनय सम्बन्धिको उचित ज्ञान समेत रहेको छ | यसै नया नव कलाकारहरुको नाममा एक नाम जोडिएको छ त्यो हो अभिषेक सुबेदी | नेपाली कला क्षत्रमा लामो समय देखि आबद्ध उनि अब कार्तिक २६ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “बिजुली मेसिन” को मुख्य पात्र हुन् | उनले म्युजिक भिडियो देखि यो नेपाली कला क्षत्रमा पाईला राखेका हुन् | तर निकै छोटो समयमा आफ्नो कुशल प्रतिभा देखाएर उनि यस चलचित्रबाट डेब्यु गर्दैछन् | चलचित्रको ट्रेलर हेर्दा उनको अभिनयको झल्को सबैले अहिले प्रशंसा गरिरहेका छन् |
उनको अभिनयको म्युजिक भिडियोको दुनियामा समेत निकै राम्रो छाप रहेको छ | उनले टोपी ब्याण्ड अन्तर्गतको रंगहरु बोलको गीतमा गरेको क्लाउनको अभिनयको निकै चर्चा समेत भएको थियो | उक्त भिडियो अहिले युवा पुस्त माझ निकै चर्चामा रहेको छ | उनि एक भर्साटाईल कलाकारको साथमा एक कुशल म्युजिक भिडियो निर्देशक पनि हुन् |
abhisek-subedi
abhisek-subedi
abhisek-subedi
यिनै कुशल अभिनय लिएर नेपाली चलचित्रमा पहिलो पल्ट डेब्यु गर्दै गरेका कलाकार अभिषेक सुबेदी संग मनोरंजनसंसार डटकमले गरेको कुराकानीको केहि अंश हामी तपाईहरु माझ प्रस्तुत गर्दैछौ |
हजुर नमस्कार ?
नमस्कार |
सन्चै हुनुहुन्छ ?
हजुर सर अहिले त एकदम आरामै छु |
अनि सरलाई अहिले दशैं कत्तिको लागेको छ नि ?
दशैं त लागेको छ तर त्यो भन्दा पनि बढी चाही बिजुली मेसिन लागेको छ | अहिले यसैको प्रोमोशनको तयारीमा नै समर्पित छु |
तत्काल कता तिर ब्यस्त हुनुहुन्छ ?
तत्काल अहिले त म मेरो आउदै गरेको डेब्यु चलचित्र “बिजुली मेसिन” को प्रोमोशनमा नै निकै तिब्र रुपमा लागिपरेको छु |
अनि कस्तो हुदैछ त हजुरको चलचित्रको प्रोमोशन ?
चलचित्र प्रोमोशन हाम्रो निकै नै राम्रो हुदैछ | सबै कलाकारहरुले निकै नै साथमा साथ मिलाएर अगाडी बढिरहनु भएको छ | हाम्रो चलचित्र अलिक फरक र अहिलेको युवा पुस्तालाई लक्षित गरेर तयार भएको हुनाले पनि अब हामी कलेजतिर पनि प्रोमोशनको तयारी गर्दैछौ | र हामीले सबैतिरबाट अहिले निकै नै राम्रो प्रतिक्रियाहरु पाईरहेका छौ |
abhisek-subedi
अब यो तिहार अवसर पारेर तपाइको चलचित्र प्रदर्शनमा आउदै छ | तपाइको चलचित्र कस्तो खालको चलचित्र हो ?
यो चलचित्र बिसुद्ध नेपाली चलचित्र हो र वास्तवमा भन्नु पर्दा यो चलचित्र देशको चलचित्र हो | हाम्रो देशमा भएको कति कुराहरु अझै पनि बाहिर आउन सकेको छैन | सम्भावनाको बाटो हुदा समेत त्यो कुराहरुमा कसैको ध्यान केन्द्रित भएको छैन | देशको मुख्य समस्या भनेको लोडसेडीङ्ग जुन अहिले पनि उही अवस्थामा समेत कायम छ | अहिलेको यो २१ औ शताब्धीमा समेत हामी यो समस्याबाट गुज्रिरहेका छौ | यसको समाधान धेरै किसिमले हुन सक्छ र त्यस मध्यको एक समाधान हामीले यस चलचित्रमा चित्रण गर्न खोजेको छौ | चलचित्रले पूर्ण रुपमा मनोरंजनको साथमा संदेश र जनचेतना समेत फैलाउने काम समेत गर्नेछ | र हाम्रो चलचित्रले कमसेकम पनि केहि हद सम्म देशको सम्बन्धित निकाय , देशका नागरिक र अहिलेको युवा पुस्ताको आँखा खोलिदिने र केहि गर्न हौसला प्रदान गर्ने विश्वास हामीले राखेका छौ |
चलचित्रको मुख्य बिषय बस्तु के हो ?
मैले अगिनै भने जस्तै चलचित्रको मुख्य बिषय बस्तु भनेको नै अहिलेको तत्कालिन अवस्थामा हाम्रो देशमा रहेको लोडसेडीङ्गको समस्या र यसको हुन र गरिने सक्ने समाधान नै हो | यसको लागि हामीले केहि सम्भावनाको बाटो तयार पारेका छौ | हाम्रो देशमा यतिकै रही रहेका र खेरा पनि गईरहेका कुराहरुलाई सहि सधुपयोगको हिसाबमा हामीले हामी माझमा घुमिरहेको समस्याको समाधान गर्नसक्छौ भन्ने कुरामा चलचित्रको सबैकुरा केन्द्रित रहेको छ |
चलचित्रको छायांकनको क्रममा के कस्तो कठिनाईहरु आए ?
चलचित्रको छायांकनको क्रममा त कठिनाईहरु आए किन भने सम्भाब्वत यस किसिमको चलचित्र त नेपाली चलचित्र क्षत्रको अहिले सम्मको इतिहासमा पहिलो नै हो | त्यो हिसाबले पनि यो प्रोजेक्टलाई सफल पार्न धेरै कुराको सामना हामीले गरेका छौ | सबै कठिनाईहरु भनेर पनि साध्य हुदैन त्यसैले सबैले यति बुज्न सक्छौ कि हामीले धेरै मेहेनत गरेका छौ र पक्कै पनि एउटा राम्रो चलचित्रको निर्माण भएको छ र यसले सबैलाई खुसि पार्ने छ |
तपाई त म्युजिक भिडियोबाट उदाउनु भाको र अहिले यो क्षत्रमा एक्कासी यसरी आउनुमा यसलाई कसरी लिनुहुन्छ ?
होइन यस्तो छ म म्युजिक भिडियोमा अभिनय गरेर आएको हुनाले पनि मैले केहि कुराको चाही ज्ञान पाइसकेको थिए | त्यस पश्च्यात यता आएपछि वोर्कसप भयो अरु धेरै कुराहरुमा सजिलो पनि भयो | तर वास्तवमा भन्नु पर्दा यो मेरो लागि ठुलो चुनौती थियो र अहिले पनि छ किन भने चलचित्र त राम्रो बनेको छ तर नेपाली दर्शकहरुले हाम्रो चलचित्रलाई कुन रुपमा हेरिदिनुहुन्छ भन्ने खालको कुराहरुको जिज्ञासा अझै पनि मेट्न बाकी नै छ |
abhisek-subedi
के लाग्छ तपाइलाई आफुले पाएको पात्रलाई पूर्ण न्याय गर्नुभएको छ ?
हेर्नुस कमि कमजोरी सबैमा हुन्छ म भित्र पनि होला यो अभिनयको क्रममा म बाट पनि केहि त्रुटी भयो होलान तर मैले सके सम्म आफ्नो तर्फबाट आफुले पाएको पात्रलाई पूर्ण रुपमा न्याय गर्ने कोसिस गरेको छु | र मेरो अभिनयलाई सबै दर्शकहरुले स्विकारीदिनुहुनेछ भन्ने विश्वास समेत मनमा राखेको छु |
अहिले नेपाली चलचित्रको बनोट केहि फरक हिसाबले चलिरहेको छ तर अहिले यो तपाइको यस्तो खालको चलचित्र आउदा के अरु संग प्रतिस्पर्धा गर्न सक्ला त ?
पहिलो कुरा हामीले यो चलचित्र कुनै प्रतिस्पर्धाको लागि बनाएको होइनौ | दोर्सो कुरा हामी हामीले गरेको काममा बिस्वस्त छौ | हामीले कसरी हुन्छ हाम्रो चलचित्रको माध्यमबाट देशको लागि अलिकति भएपनि योगदान पुगोस भन्ने सोचको साथमा यो चलचित्रको निर्माण गरेको हो | हामी यो चलचित्रबाट पैसा भन्दा पनि संदेश र जनचेतनाको साथमा नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छौ |
चलचित्रमा तपाइको भूमिका कस्तो खालको छ ?
म यो चलचित्रमा “साइमोन” नामक पात्रमा देखिदैछु | यो चलचित्रमा हामीले देखाउन खोजेको हाम्रो समस्याको समधानको निकास खोज्ने काम भने म बाट थालनी भएको छ | अलिक एकहोरो र आफ्नो काम र भनाईमा अडिक हुने खालको मेरो स्वभाब रहेको छ | र हामी जस्तो युवाहरुले नै अब केहि गर्नुपर्छ भन्ने खालको सोच लिएर अगाडी बढेको एक मेहेनती पात्रको भूमिका मेरो यस चलचित्रमा रहेको छ |

तपाइले यो चलचित्रमा निभाउनु भाको पात्रको स्वभाब के तपाइको जीवनमा मेल खान्छ ?
हो सहि हो यो कुरा | यो चलचित्रमा मैले निभाएको पात्र र मेरो स्वभाब र सोच दुवै एकदमै मिल्न आउछ किन भने म पनि काममा विश्वास गर्ने मान्छे हो र म यो देशको युवाको साथमा सच्चा नागरिक पनि हो | त्यसैले देशको समस्यालाई हाम्रो समस्याको आधार राखेर हामीले नै केहि गर्नुपर्छ भन्ने मूल मान्यता म पनि मेरो जीवन राख्न गर्दछु |
अब के चलचित्रमा आइसकेपछि म्युजिक भिडियोको यात्रा अन्त्य गर्नुहुन्छ ?
होइन होइन मेरो त्यो क्षत्रको यात्रा म कहिले पनि अन्त्य गर्नेछैन किन भने त्यो मेरो जरा हो | र यो मेरो जीवनको दुवै पाटोलाई संग संगै लिएर जाने कोसिस गर्ने छु | र म केहि गरि असफल नै भए पनि म हार खाने छैन | म सधैब धैर्य धारनको साथमा मेहेनत गरिनै रहने छु र मलाई विश्वास छ म एकदिन अवस्य सफल हुनेछु |
abhisek-subedi
अन्तयमा सम्पूर्ण नेपाली दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?
म मेरा देशमा तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई के भन्न चाहन्छु भने तपाईहरु नै हाम्रो लागि भगवानको स्वरुप हो | तपाईहरुले हाम्रो चलचित्र हेरेर कमि कमजोरीहरुलाई औल्याएर हामीलाई सहि मुल्यांकन गरि सल्लहा सुझाबको साथमा हौसला प्रदान गरिदिनुभयो भने हामी अगाडी बढ्न सक्छौ | त्यसैले म मेरो सम्पूर्ण दर्शकहरुलाई एक पटक हल सम्म गएर हाम्रो चलचित्र हेरिदिनुस र आफ्नो प्रतिक्रिया राखीदिनुस भनेर हार्दिक अनुरोध गर्न चाहन्छु | त्यसका साथै सबै नेपाली चलचित्र हाम्रो आफ्नो चलचित्र हो त्यसैले सबै नेपाली चलचित्र हेरिदिनुस र सुझाब दिएर हामी जस्तो नव कलाकारहरुलाई समेत अगाडी अझै राम्रो गर्ने साहस बनाईदिनुहोस भन्न चाहन्छु | त्यसै गरि म मेरो तर्फबाट बिस्वको जुन सुकै कुनामा रहनु भएको सम्पूर्ण नेपालीहरुलाई हामी सबैको महान चाड बिजया दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु |

Leave a Reply

%d bloggers like this: