Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
यस सालको ब्लकबस्टर हिट फिल्म “सुल्तान” को लागि फ्यानस र दर्शकहरुको माया सायद अझै पनि उत्तिकै रहेको छ | यस्तो लाग्छ हलिउड फिल्म “कुंग फू पांडा” को क्यूट “पो” पनि सुल्तान को फ्यान भएका छन् | खासमा अहिले हलिउड एनिमेटेड फिल्म कुंग फू पांडा ३ को ट्रेलर “सुल्तान” को रंगमा बाहिर आएको छ |
ट्रेलरमा “पो” सुल्तानको अवतारमा कुंग फू गर्दै पहलवानीको दांव पेच लगाईरहेको देखिदैछन् | Funnymasti.com को तर्फबाट निर्माण गरिएको यस भिडियोमा “पो” लाई सुल्तानको भूमिकामा देखाइएको छ भने त्यहि सुल्तानको हिरोइन आरफाको भूमिका भने फिल्म ‘कुंग फू पांडा’ को “टाइग्रेस” ले निभाएको देखिन्छ | भिडियोको सबैभन्दा मुख्य र रोमान्चक कुरा हो ‘सुल्तान’ फिल्मको डायलॉग्समा ‘कुंग फू पांडा’ को भूमिकाको हाउभाउ | मेकर्सको तर्फबाट भिडियोको टाइटल पनि निकै नै राम्रो दिइएको छ “जब कुंग फू पांडा” संग मिले “सुल्तान” |
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: