Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
twilight-couple
सन् २००८ मा ‘ट्वीलाइट’ रिलिज भएपछि जति यो फिल्म हिट भयो, उत्ति नै यसमा अभिनय गर्ने मुख्य जोडी रोबर्ट प्याटिन्सन र क्रिस्टिन स्टेवार्ट पनि चर्चित बने । फिल्ममा भ्याम्पायर बनेरै नायिकालाई प्रेममा पारेका रोबर्टले अफस्क्रिनमा पनि क्रिस्टिनको मन जिते । फिल्मको सेटदेखि मौलाएको दुईबीचको प्रेम चार वर्षपछि मात्रै सार्वजनिक हुने मौका पायो । त्यसपछि धेरै फ्यानले यो जोडीलाई उत्कृष्ट माने । प्रशंसा गरे ।
तर जब ‘स्नो ह्वाइट एन्ड द हन्ट्सम्यान’ निर्देशक रुपर्ट स्यान्डर्ससँगको क्रिस्टिनको गुपचुप अफेयर्सको खबरलाई एकापसमा चुम्बन साटासाट गर्दैगर्दाको फोटोसहित हफिङटन पोस्टले ब्रेक गर्‍यो । तब रोबर्टसँगको उनको रिलेसनसिप पनि ब्रेकअपमा पुग्न बेर लागेन ।
क्रिस्टिनले पश्चाताप गर्दै प्रेमीसँग सार्वजनिक माफी माग्नेदेखि अझै पनि उत्तिकै माया गरिरहने बताइरहे पनि रोबर्टले त्यसपछि क्रिस्टिनलाई फर्केर हेर्न चाहेनन् । क्रिस्टिनले निर्देशकसँगको उक्त घटनालाई नमिठो भूल भनेर प्रायाश्चित नै गरिन् । तर केही लागेन । दुईबीचको ब्रेकअप रंगीन दुनियाँमा उक्त वर्षकै दु:खद घटना बन्यो । फ्यानहरू दु:खी बने ।
तर यतिबेला फ्यानका लागि खुसीको खबर । क्रिस्टिन र रोबर्टबीच पुन: प्याचअप भएको हुन सक्ने खबरले सनसनी मच्चाएको छ । नयाँ वर्ष लाग्दै गर्दा फ्रेन्च समलिंगी गायिका सोकोसँगको अफेयर बाहिरिए पनि क्रिस्टिनले छ महिना पनि नबित्दै उनीसँगको सम्बन्धलाई हालै तोडेकी थिइन् । सिंगल स्टाटसमा रहेकी २६ वर्षीया क्रिस्टिन फेरि पूर्वप्रेमी रोबर्टसँग डेटिङमा रहेको हवाला दिँदै खबर छाउन थालेका छन् ।
नायिकाले फेरि एकपटक गल्ती महसुस गरेको जनाउँदै रोबर्टको मन जितेको बताइन्छ । क्रिस्टिनले पनि जुन कुरा रोबर्टबाट पाएकी थिइन् प्रेमिका सोकोबाट पाउन नसकेपछि चिढिएकी थिइन् । ‘खासमा रोबर्टबाट पुन: माया पाउने संकेत देखिएपछि क्रिस्टिनले सोकोसँगको सम्बन्ध तोडेकी थिइन् ।
‘नायिकालाई जति नै गरे पनि रोबर्टसँग जत्तिको घनिष्ठ र गहिरो प्रेम आफूले अरूसँग गर्न नसक्ने र आफूलाई पनि नगर्ने महसुस भएको पाइन्छ,’ दुईको प्याचअपलाई नजिकबाट नियालिरहेका एकले क्रिस्टिनको मनोभाव दर्साउँदै भने, ‘लाग्छ, रोबर्ट र क्रिस्टिन भनेका एकअर्काका लागि नै बनेका हुन् ।’

%d bloggers like this: