Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
Johnny-Depp
जोनी डिपका लागि यो साता तनावपूर्ण रह्यो । यी हलिउड नायकले पछिल्लो समय एकपछि अर्को आरोपको सामना गरिरहेका छन् ।
खास गरी आफ्नै पत्नीले उनीमाथि कुट्ने, पिट्ने र कोपर्ने गरेको आरोप लगाउँदै यसै साता छोडिदिइन् । यति बेला अदालतले डिभोर्स मुद्दाको छिनोफानो नहुन्जेलका लागि पत्नीसँग सम्पर्कमा नरहन जोनीलाई आदेश दिएको छ ।
५२ वर्षीय नायकलाई मोडल तथा नायिका अम्बर हेअर्डले सम्बन्ध तोड्नुअघि पहिलो पत्नी लोरी एन्नी अलिसनले पनि पुग–नपुग दुईवर्षे दाम्पत्य जीवन तोडिदिएकी थिइन् । त्यसैगरी भेनिसा प्याराडिसले पनि १४ वर्षे वैवाहिक जिवन टुंग्याएकी थिइन् । भेनिसाले भने जोनीसँग बिताएका ती १४ वर्षलाई ‘अद्भुत’ भनेर सम्झेकी छन् ।
‘पाइरेटस अफ द क्यारिबियन’ नायकले भने अम्बरको आरोपबारे कुनै टिप्पणी गर्न चाहेका छैनन् । हालै पोर्चुगलको कन्सर्टका लागि पुगेका जोनीलाई तनावपूर्ण वैवाहिक जीवनबारे बोलिदिन मिडियाले गरेको आग्रहलाई मौन बसेर टारिदिए । शुक्रबारे कन्सर्टको मञ्चमा रिदम गिटार बोकेर चढ्नुअघि उनले चुरोट तानेका थिए ।
आमाको निधन भएको साता दिन पनि बित्न नपाउँदै डिभोर्स प्रकरणले जोनी यो साता तनावमा रहे । शुक्रबार अम्बर आँखामुनिको घाउ लिएर केस दर्ता गर्न पुगेकी थिइन् । उनले घाउ देखाउँदै जोनीले मोबाइलले हानेको आरोप लगाएकी थिइन् ।
अम्बरले डिभोर्स केसमा जोनीलाई आफ्ना कुकुरको पालन पोषणका लागि समेत खर्च पानी बेहोर्नुपर्ने सर्त राखे पनि अदालतले भने उक्त मागलाई अस्वीकार गरिदिएको छ ।
आफ्ना पूर्वपतिका बारेमा घरेलु हिंसाको आरोप लागेपछि पूर्वपत्नि भेनिसाले आरोपको खण्डन गर्दै जोनीको बचाउ गरेकी छन् ।
‘जोनी मेरा दुई बच्चाका डयाड हुन्, उनी एकदमै संवेदनशील, मायालु र सबैको प्यारो व्यक्तिमा पर्छन्,’ भेनिसाले आफ्नै हस्ताक्षरित पत्रमा भनेकी छन्, ‘मेरो मनको कुरा सुन्ने हो र विश्वास गर्ने हो भने उनी अहिले आफ्नै पत्नीबाट लगाइएका आरोपको भागिदार हुनै सक्दैनन् । ती आरोप उनका लागि अपमानजनक छन् ।
मैले उनीसँग बिताएका ती अद्भुत १४ वर्षमा उनले कहिल्यै शारीरिक यातना दिएनन् ।’ त्यसो त भेनिसाको भनिएको उक्त चिठीको आधिकारीकताबारे पुष्टि भइनसकेको पनि बताइएको छ ।
तर जोनीकै छोरी लिली रोज जोनीले पनि बाबुको बचाउ गर्दै भनेकी छन्, ‘डयाड मैले आजसम्म थाहा पाएका मान्छेमध्ये सबैभन्दा प्यारो र असल हुनुहुन्छ ।’
उनले बाबुसँगको फोटो इन्स्टाग्राममा हाल्दै थपेकी छन्, ‘उहाँ म र मेरो भाईको लागि अद्भुत डयाड हुनुहुन्छ । र यो कुरा उहाँलाई नजिकबाट चिन्ने प्राय: सबैलाई थाहा पनि छ ।’
न्यायाधीशले भने मुद्दा किनारा लाग्नुअघिसम्म जोनीलाई अम्बरबाट एक सय यार्ड टाढै रहन र अम्बरला
ई घरमा आरामले बस्न पाउने निर्देश दिएका छन् ।
तीन–तीन पटक अभिनेता विधामा ओस्कार मनोनीत र गोल्डेन ग्लोब अवार्ड विजेता जोनी यसअघि पनि हाइप्रोफाइल युवतीहरूसँगको अफेयर्स र ब्रेकअपको चक्करमा परिरहन्थे । जेनिफर ग्रे, सेर्लिन फिनदेखि को–स्टार विनोना राइडरसम्मसँग रोमान्स गर्न भ्याएका थिए ।
राइडरको त उनले दायाँ हातमा ‘विनोना फरेभर’ लेखेको टयाटु नै खोपाएका पनि थिए । जोनीले कुनै समय बेलायती सुपर मोडल केट मससँग पनि रिलेसनशिप गाँसे ।
यदाकदा जोनीले प्रेमिकाहरूबाट फोहोरी र हप्तौं ननुहाई बस्ने स्वभावका कारण लामो समय रिलेसनमा बस्न कठिन हुने व्यक्ति रहेको जस्ता टिप्पणी पनि सुन्नुपरेको थियो ।

%d bloggers like this: