Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
हलिउड अभिनेता ब्राड पिटले आफ्ना एक फुच्ची फ्यानलाई भीडबाट किच्चिनबाट जोगाएका छन्। हाल फिल्म सुटिङ्का लागि स्पेनमा रहेका ब्राडले आफूलाई हेर्न आएको प्रशंसकहरूको भीडको ठेलमठेलमा परेकी एक बालिकालाई उद्धार गरेर बचाएका हुन्।
brad-pitt
सुटिङ्स्थलमा आफूलाई हेर्न आएका प्रशंसकहरूलाई अभिवादन फर्काउन आएका थिए। उनलाई देखेपछि उनका प्रशंसकहरूले चिच्याउन थाले। उनीहरूलाई नितन्त्रण गर्न बार लगाइएको थियो। जसै उनी प्रशंसकहरूको नजिक बारतर्फ आए तब भिड पनि बारतर्फ नै घचेडियो। जसमा बारको सबैभन्दा अगाडी एक बालिका थिइन्। भिड अगाडी बढेपछि उनी बारको जालीमा चेप्पिन पुगिन्।

बालिका च्यापिएको देख्ने बित्तिकै ब्राड हत्तपत्त त्यसतर्फ बढे र बालिकालाई भीडको थिचाइबाट निकाल्न थाले। साथै रहेका उनका अंगरक्षकले बालिकालाई भिडबाट बालिकालाई निकालेर ब्राड भएतर्फ ताने। सो पुरै प्रकरण क्यामरामा कैद भएको थियो।
Brad Pitt Filming more scenes for Allied in Grand Canaria. Brad has to rescue a stranded young fan as she was getting crushed my all the fans waiting to see him.  Pictured: Brad Pitt Ref: SPL1288219  220516   Picture by: Greg Sirc / Splash News Splash News and Pictures Los Angeles: 310-821-2666 New York:	212-619-2666 London:	870-934-2666 photodesk@splashnews.com
भीडबाट निकालेपछि ब्राडले केहि समय बालिकाको हालखबर सोध्ने लगायत अन्य कुराकानी गरे। ब्राडले गरेको उक्त उद्धारकार्यबाट बालिका घाइते हुनबाट बचिन्।

%d bloggers like this: