Thu. Apr 25th, 2024

केहि चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेपनि खासै चर्चामा नआएका नायक रेश मरहट्ठाले ईन्गेजमेन्ट गरेका छन् । लामो समयदेखी प्रेमसम्बन्धमा रहेका रेशले अन्तत आफ्नो प्रेमिका अश्मी अधिकारीसँग ईन्गेजमेन्ट गरेका हुन् । शनिबार उनले काठमाडौंको एक होटलमा अश्मीलाई औठी लगाउदैं औपचारिक रुपमा ईन्गेजमेन्ट गरेका थिए । रेशको भावी श्रिमती अश्मी अधिकारी चर्चित र्‍यापर यमबुद्धका बहिनी हुन् । खबरका अनुसार उनीहरुको विवाह नब बर्ष २०७२ सालसगैं हुने छ तर बिबाह नेपालमा नहुने पनि खबर बाहिर आएको छ ।

res

स्रोतका अनुसार उनीहरुको बिबाह अमेरिकामा हुनेछ । सिक्किम मनिपाल कलेजबाट बायोटेकमा मास्टर्स गरेकी आश्मी फल सेमेस्टरमा पिएचडीका लागि अमेरिका जाँदैछिन् । आश्मी अमेरिकामा पढ्न जाने भएका कारण उनीहरुको बिबाह पनि अमेरिकामा हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । रेशले अभिनय गरेको पछिल्लो चलचित्र ‘मिसन पैसा रिलोडेड’ होे तर उक्त चलचित्रले कमालको व्यापार गर्न भने सकेन त्यसैले पनि यति बेला रेश केहि निराशमा समेत छन् । उनको निर्माण तथा अभिनय रहेको ‘च्यालेन्ज’ रिलिजको तयारीमा रहेको छ ।

%d bloggers like this: