Thu. Mar 28th, 2024

लामो समयसम्म प्रेममा परेपछि अन्तत मधु भटराईसँग बैबाहिक जीवनमा बाधिएका महानायक राजेश हमाल अहिले केहि फुर्सदमा देखिएका छन् । खासै चलचित्रहरु अहिले हातमा नभएपनि नायक हमाल विदेशका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । केहि दिन अगाडी मात्र एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका नायक राजेश हमालले आफु कुनै दिन राजनीतिमा पनि आउन सक्ने बताएका छन् ।

rajesh-hamal

एक नेपाली टेलिभिजनमा लिइएको अन्तरर्वार्तामा हमालले आफु कुनै दिन राजनीतिमा आउन सक्ने खुलेरै बताएका छन् । अहिलेका नेता र उनीहरुले गरेको राजनीतिबाट जनताहरु निकै निराश भएको उल्लेख गर्दै हमालले आफु एक दिन राजनीतिमा आउन सक्ने बताए । हा’लसम्म जनताले नेता छान्नै जानेनन्’ हमाल अगाडी भन्छन्,’अहिलेको राजनीतिले देश एकदिन निकै ठुलो दुद्र्यटनामा जान सक्छ ।’ उनले अन्तरर्वार्ता दिदैं गर्दा देशको चिन्ता रामैंसँग गरेका थिए । अन्तरर्वार्तामा हमालले राजनीतिक अन्योल र अस्थिरता नै देशको हरेक क्षेत्रको विकासको बाधक भएकाले अब राजनीतिक स्थिरता हुनुपर्नेमा जोड दिएका थिए।

%d bloggers like this: