Fri. Apr 19th, 2024

fifty-shades-of-grey-on-set-6-640x426

फेव्रुअरीमा रिलिज भएको हलिउड चलचित्र फिफ्टी सेड्स अफ ग्रेले संसारभर गरी ५ सय ६० मिलियन डलरको व्यापार गर्न सफल भएको छ । यौन सम्बन्धी कथामा निर्माण भएको भनेर चर्चित भएको यसै नामको इ.एल जेम्सको उपन्यासमा बनेको यो चलचित्रको निर्माण लागत भने ४० मिलियन रहेको थियो तर प्रदर्शनमा आएको पहिलो दिननै यस चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको भेराइटी पत्रिकालाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । उत्तेजक दृश्यहरु भएको भन्दै भारतमा यो चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो । स्याम टेलर जोन्सनले निर्देशन गरेको यो चलचित्रमा डकोटा जोन्सन र डेमी डोरननले मुख्य भूमिकामा अभिनय गरेका छन् । चलचित्रले १ सय ६५ मियिलन उत्तर अमेरिकी बजारमा मात्रै कमाएको हो ।

%d bloggers like this: