Wed. Apr 24th, 2024

 
miss-earth-nepal-2014-prinsha-shrestha-filmybazarगत वर्षकी मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठको ताज खोसिएको छ। ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले सोमबार जारी गरेको विज्ञप्तीमा उनको ताज खोसिएको औपचारिक जानकारी गराएको छ । तर उनको आइतबारदेखि लागू हुनेगरि ताज खोसिएको छ । श्रेष्ठ विवादास्पद रुपमा मिडिया देखिएको, आयोजकको अनुमति नलिई विदेश गएको जस्ता क्रियाकलाप गरेकाले ताज खोसिएको विज्ञप्तिमा जनाइएको छ। उनको ताज खोसिएपछि अब ‘मिस अर्थ २०१४’ कि विजेताको रुपमा सोनी राजभण्डारीलाई घोषणा गरिएको छ । सोनी ‘मिस नेपाल इन्टरनेशनल २०१४’ बन्न सफल भएकी थिइन् ।

%d bloggers like this: