Sat. Apr 20th, 2024

निखिल उप्रेती निर्देशित एवं अभिनित चलचित्र भैरव जेठ २२ गतेबाट अलनेपाल प्रदर्शनमा आउने भएको छ । चलचित्र भैरवका लागी उपयूक्त मिति जेठ २२ गतेनै हुने भएका कारण आफु र निर्माणपक्षसँगको लामो छलफल पछि चलचित्र भैरव जेठ २२ गते प्रदर्शन गर्ने तयारी गरिएको निखिलले जानकारी दिए । एक्शन प्रधान भनिएको चलचित्र भैरवले दर्शकलाई पुर्ण सन्तुष्टि दिने निखिल बताउँछन् । उनी भन्छन् -‘लामो समयपछि दर्शकहरुले मेरो एक्शनमा निर्माण भएको चलचित्र भैरव हेर्नपाउनुहुनेछ,मलाई पुर्ण विश्वास छ चलचित्रले दर्शकहरुलाई निराश बनाउने छैन् ।’

nikil

नेपाली चलचित्रमा लामो समयपछि पुनरागमन भएका नायक निखिल उप्रेती निर्देशन एवं लगानीमा निर्माण भएको यस चलचित्रमा उनी एक प्रहरी अफिसरको भुमिकामा देखिएका छन् । भारतिय सिमानामा नेपालीप्रति हुने दमन र त्यसमा नेपाल प्रहरीको भूमिकालाई मुख्य विषय बनाइएको निखिलको भैरवमा नायिका अनु शाह निखिलको अपोजिटमा छिन् । यस्तै नगेन्द्र रिजाल, रविनहुड सेन, केशव राई, जयकिशन बस्नेत मुरलीधर रतन दारुवालाको पनि चलचित्रमा अभिनय रहेको छ । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । सँगितमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।

%d bloggers like this: