Sat. Apr 20th, 2024

आजबाट अलनेपाल तिन चलचित्र प्रदर्शनमा आएका छन् । फरक फरक कथा,फरक कलाकार र फरक फरक निर्देशक निर्माताले निर्माण भएका तिन चलचित्र पुनर्जन्म,झिग्राना र भिमदत्त आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् । एउटै मितिमा एकसाथ प्रदर्शनमा आउन लागेका यि तिन चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको रुपमा लिइएको छ तर दर्शकले यि तिन चलचित्र मध्य कसलाई रुचाउने हुन त्यो भने हेर्न केहि दिन कुर्नु पर्ला तर चलचित्रका विश्लेषकहरुका अनुसार प्रदर्शनमा आएका यि तिन चलचित्रमध्य राम्रो र फाइदा कसैलाई पनि नहुने बताउँछन् ।

यस्ता छन् आजबाट अलनेपाल रिलिज आएका तिन चलचित्र :-
चलचित्र पुनर्जन्म
एमके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो सिनेमामा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ । यो सिनेमामा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले लगानी गरेका छन् । चलचित्रमा बसन्तसँगै जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर, शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन छ । चलचित्रलाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् ।

three filmy

चलचित्र झिग्राना
यो चलचित्रले एक गाउँमा अनुसन्धानका लागि पुगेका एक टोलीको कथालाई देखाएको छ । उनीहरुको रहस्यमय निधनलाई विभिन्न कोणबाट देखाउन खोजेको चलचित्रलाई पासाङ लामाले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश निकुन र मेनुकाको वेडसिनको दृश्यलाई हटाउनु पर्ने कारण केही नभएको तर्क निर्माणपक्षको छ । चलचित्रमा शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।

चलचित्र भिमदत्त
सुदुरपश्चिमका क्रान्तिकारी किसान नेता तथा शहिद भिमदत्त पन्तको जीवनीमा आधारित ऐतिहासिक नेपाली चलचित्र “भिमदत्त” मा निर्माता नवल खड्का लगायत, निशा अधिकारी, रमेश बुढाथोकी, सुमिना घिमिरे, कमली वाइवा, रवी गीरी रहेका छन । चलचित्रको निर्देशन हिमग्याप टासी लामाले गरेका हुन् ।

%d bloggers like this: