Thu. Mar 28th, 2024

नेपालीहरुको महानपर्व होली आज देशभर नेपालीहरुले विभिन्न होली कार्यक्रमको आयोजना गरी मनाएका छन् । त्यहि क्रममा नेपाली रंगिन दुनियाँमा रमाइरहेका कलाकार,पत्रकार लगायतले पनि यस बर्षको होलीलाई विषेश तरीकाले मनाएका छन् । हरेक बर्ष नायिका करिश्मा मानन्धरको घरमा मनाइदैं आइएको होली यस बर्ष भने करिश्मा चलचित्र फागुको शिलशिलमा विरजंग भएका कारण धेरै नेपाली कलाकारहरु बाँडिएका थिए ।

holi 3

आज निर्देशक तथा कलाकार आकाश अधिकारी र निर्माता छबिराज ओझाले भिन्दा भिन्दैं रुपमा होलीको कार्यक्रम आयोजना गरेका थिए । आकाश अधिकारीले आफ्नै रेड स्टूडियोमा र निर्माता छबिराज ओझाले आफ्नै कार्यालय ‘नमस्ते नेपाल’मा होली पर्वको आयोजना गरेका थिए ।

holi

छबिराज ओझाले आयोजना गरेको होली कार्यक्रममा नायक आर्यन सिग्देल,सविन श्रेष्ठ, कलाकार सुदर्शन थापा, हसन खान ,निर्देशकहरु श्याम भट्टराई, नवल नेपाल, ऋषि लामिछाने, दीपक श्रेष्ठ लगायत उपस्थित भएका थिए भने आकाश अधिकारीले आयोजना गरेको होली कार्यक्रममा नायिका रेखा थापा,प्रियंका कार्की,केकी अधिकारी,निर्देशक सविर श्रेष्ठ लगायत उपस्थित भएका थिए ।

holi 2

होली कार्यक्रमसगैं प्रदर्शनको तयारीमा रहेका विभिन्न चलचित्रहरुले पनि विभिन्न ठाँउहरुमा आयोजना भएका सांस्कृतिक कार्यक्रममा प्रचार प्रसार समेत गरे ।

aryan

नायक आर्यन सिग्देलले भने यस बर्षको होली आफ्नो श्रीमतीसगँ पनि विषेश तरीकाले मनाएका छन् । आर्यन सिग्देलको श्रीमती सपना भण्डारीले आफ्नो फेसकुबमा सार्वजनिक गरेको तस्विरमा आर्यनले श्रीमतीलाई किस गरेको देख्न सकिन्छ भने विभिन्न कलाकारहरुले आफ्नो घरपरिवारसगँ बसेरपनि भब्य रुपमा होली मनाएका छन् ।

%d bloggers like this: