Thu. Apr 25th, 2024

आफ्नै लगानी र निर्देशनमा नयाँ चलचित्र ‘ड्रिम’ निर्माण गर्न लागेका नायक भुवन केसीले चलचित्रको लागी नायिका छनोट गरेका छन् । लामो समय देखी नायिकाको खोजीमा रहेका नायक भुवन केसीले आफ्नो छोरो अनमोल केसीको जोडीको रुपमा भिजे सन्ध्या के.सी.लाई छनोट गरेका छन् । अब चलचित्र ‘ड्रिम’ सन्ध्या केसी नायक अनमोल केसीसगँ देखिनेछिन् । करोडपति, सुपरस्टार लगायतका फिल्म बनाएका भुवनले हरेक फिल्ममा नयाँनयाँ मुहारलाई प्राथमिकता दिने क्रममा भुवनले सन्ध्याको इमेज टेलिभिजनमा कार्यक्रम हेरेपछि उनले फोननै गरेर आफ्नो घरमा बोलाएका थिए ।

sandhya

सन्ध्यासँग मौखिक कुरा भए पनि कागजी प्रकृया भने हुन बाँकी रहेको उनले बताए । इमेज टेलिभिजनमा लामो समयदेखी कार्यक्रम सञ्चालन गदैं आएकी सन्ध्या चलचित्रनगरिमा भने नयाँ मुहार हुन । उनले अहिलेसम्म कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन । केहि प्राविधिक कठिनाईका कारण फागुन ५ गतेबाट छायांकन सुरु हुन नसकेको जानकारी दिदैं नायक भुवन केसीले अब चलचित्र ‘ड्रिम’ को छायांकन चैत १० गतेबाट हुने बताए । चलचित्रका लागी हाल भुवन केसी अन्य कलाकारहरुको खोजीमा पनि रहेका छन् ।

%d bloggers like this: