Sat. Apr 20th, 2024

कुनै समय बलिउडको ठुलो पर्दामा सधै देखिने मुहार अमिताभ बच्चन र रेखा निकै आत्मिय साथी जस्ता मानिन्छन् तर कुनै समय यो जोडी प्रेम प्रेमिका समेत थिए । तर अमिताभले जया बच्चनसगँ बिबाह गरेपछि रेखा भने अहिलेसम्म अबिबाहित नै छिन् तर रेखाले निधारमा लगाउने गोलो रातो टिका र सिउँदोको सिन्दुर अहिले पनि चर्चाको विषय बन्ने गरेको छ । विभिन्न भारतीय समाचार संस्थाले जनाएअनुसार रेखाले अहिले पनि अमिताभ बच्चनको नाममा सिन्दुर लाउने गरेकी छिन् ।

पुनित इस्सरकी श्रीमति दीपाली इस्सरले एक म्यागजिनसँगको कुराकानीका क्रममा यो खुलाशा गरेकी हुन् । दीपालीले यो कुरा सार्वजनिक गरेपछि अहिले रेखा पुनीतसँग रुष्ट छिन् । यसको आधिकारिक जानकारी नभए पनि मिडियामा यसले राम्रै मसला पाइरहेको छ । पुनित हालै समापन भएको कार्यक्रम बिगबोसमा देखिएकी थिइन भने त्यसको अर्को साता फिल्म प्रचारको सिलसिलामा रेखा पनि पुगेकी थिइन् । कार्यक्रममा पुनितले भनेको कुरा रेखाले अस्वीकार गरेकी थिइन् र उनीप्रति आक्रोशित समेत बनेकी थिइन् ।

%d bloggers like this: