Tue. Apr 23rd, 2024

करिब १२ बर्षपछि चलचित्र निर्माण कार्यमा जुटेकी नायिका करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागुको हाल धमाधम छायांकन भइरहेको छ । गोपीकृष्ण मुभिजले अन्य निर्मातासँगको सहकार्यमा बनाउन लागेका ७ चलचित्र मध्ये करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागु पनि रहेको थियो तर करिबश्माले भने औपचारिक रुपमा नै  गोपीकृष्ण मुभिजबाट आफु अलग रहेको जानकारी दिएकी छिन् । केहि दिन अगाडी मात्र गोपीकृष्ण मुभिजको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको करिश्मा आफैंले जानकारी गराएकी थिइन । करिश्माले अब गोपीकृष्णसँग मिलेर चलचित्र निर्माण नगर्ने बताएकी छिन् ।

Karisma-Manandhar-Breast-Tattoo1

यो फिल्मसँग गोपिकृष्ण मुभिज अलग हुनुको पछाडि निर्देशक सम्झना उप्रेती रौनियार रहेको बुझ्नमा आएको छ । श्रोतका अनुसार सम्झनाकै कारणले करिश्माले गोपिकृष्णसँगको साथ छाड्नु परेको हो । चलचित्रको कथावस्तु केही फेरबदल भएका कारण पनि गोपीकृष्ण छाडेर चलचित्र निर्माण गर्न लागेको करिश्माको भनाई छ । चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल, शिल्पा पोख्रेलको साथमा नव(कलाकार सुवास पराजुलीको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशक संझना रौनियारले गरिरहेकी छिन् । चलचित्रमा हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन, कमल राइको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहनेछ ।

%d bloggers like this: