Fri. Mar 29th, 2024

आगामी शुक्रबार अर्थात फाल्गुन ८ देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र इच्छाले सोमबार साँझ प्रिमियर शोको आयोजना गरेको छ । मुनाल घिमिरेको निर्देशन रहेको चलचित्र हेरेका चलचित्रकर्मी र पत्रकारहरुले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिए । मुनाल घिमिरे पनि चलचित्रले पाएको सकरात्मक प्रतिक्रियाले निक्कै उत्साहित देखिए । चलचित्रको कथा देखि कलाकारको काम अनि निर्देशन पक्ष सबैले रुचाएको मुननाले बताए । त्ययस्तै चलचित्रको छायांकन सकेर हरराएकी नायिका दिपशिखा शाही पनि चलचित्रको प्रिमिययर शोमा देखिएकी थिइन ।

ichchha-premier

प्रिमियरमा चलचित्रका नायक सुवास थापा, निर्देशक मुनाल घिमिरे लगायतको जम्बो यूनिटसगैं निर्देशक तथा कलाकार निर्मल शर्मा, नायिका पूजना स्त्रि, निर्देशक योगेश घिमिरे, निर्माता केशव भट्टराई पनि ‘इच्छा’को प्रिमियर उपस्थित थिए । तर चलचित्रका अर्का नायक दयाहाङ् राई भने व्यस्तताको कारण प्रिमियरमा सहभागी भएनन् । नायक सुवास थापाले आफ्नै चलचित्र ‘इच्छा’ हेरेपछि आफ्नो भुमिका आँफैलाई मन परेको बताए । दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको यस चलचित्रमा गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको छ ।

%d bloggers like this: