Sat. Apr 20th, 2024

बलिउडका किगं भनेर कहलिएका शाहरुख खान नेपाल आउने मिति पक्का भएको छ । आयोजक संस्था कान्साई न्यारोल्याक पेन्ट्सले केहि महिना अगाडी नै शाहरुख खान नेपाल आउने औपचारिक जानकारी दिएको थियो तर शाहरुख नेपाल आउन पाएका थिएनन । अब भने शाहरुख खान नेपाल आउने मिति समेत पक्का भएको छ । शाहरुख खान मार्च ८ अर्थात फाल्गुण २४ गते नेपाल आउनेछन् तर उनीले नेपालमा १ रात मात्र विताउनेछन् । उनि आफ्नो चार्टड विमानमार्फत फागुन २४ गते ११ बजे बिहान काठमाण्डौं आउने छन् र सोही राति कार्यक्रममा सहभागी भएर भोलि पल्ट मुम्बई फर्किनेछन् ।

saharuk

सुरक्षा चुनौतिका कारण सर्वसाधारणको लागि कार्यक्रम नराखिएको जानकारी आयोजकले दिएको छ। उनको कार्यक्रम सर्वसाधारणका लागि हुने छैन् । टिकट ब्यवस्था गर्दा फ्यान फलोअरलाई थेग्न नसकिने भएकाले विशिष्ट बर्गका सेलिब्रेटी, पत्रकार एवं ब्यवसायीहरुका लागि मात्र शाहरुखको कार्यक्रम तय गरिएको छ । शाहरुखको कार्यक्रममा नेपालका तर्फबाट प्रियंका कार्की, अकेषा विष्ट र वील्सन विक्रम राईले पनि स्टेज शेयर गर्ने छन् । शाहरुख होटल याक एण्ड यति वा ह्यात रिजेन्सी मध्यको एक होटलमा रहनेछन् । शाहरुख खान कान्साई न्यारोल्याक पेन्ट्सको ब्राण्ड एम्बेसडर समेत हुन् ।

%d bloggers like this: