Thu. Mar 28th, 2024

बैशाख २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘होस्टेल रिटर्न्स’ यति बेला आफ्नो प्रचार प्रसारलाई आक्रमक तरिकाले अगाडी बढाउदैं आएको छ । विभिन्न कलेज देखी मेलासम्ममा प्रचार प्रसार देखी चलचित्रको लाइभ प्रोमोनै प्रस्तुत गरिरहेकोे चलचित्र  ‘होस्टेल रिटर्न्स’ यूनिटले अब दर्शकसँग ‘भ्यालेन्टाइन डे’ मनाउने भएको छ । फागुन १ गते राजधानीस्थित चावहिलमा रहेको पशुपति कलेजमा ‘भ्यालेन्टाइन डे’ मनाउने भएको छ । हरेक वर्षको फेब्ररी १४ तारिखका दिन विश्वभर भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ ।

hostel-returns-3

फेब्ररी १४ नेपालमा माघ २९ शनिवारका दिन पर्छ । शनिवार बिदाका दिन कलेज विदा हुने भएकाले आइतबार भएपनि फिल्म युनिटले विद्यार्थीमाझ भ्यालेन्टाइन मनाउने भएको निर्माता सुनिल रावलले बताए । होस्टेलमा बस्ने यूवायूवतीको प्रेम, मस्ती, बियोग, पीडालाई समेटेर तयार पारिएको यो चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् । सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका छ । यो सफल चलचित्र ‘होस्टेल’को सिक्वेल हो ।

%d bloggers like this: