Tue. Apr 16th, 2024

नेपालमा नै आफुले अभिनय गरेको चलचित्र अरु चलचित्रहरुसँग जुधेर वाक्क भएका नायक जीवन लुईटेलका विदेशमा भने आफुले अभिनय गरेको चलचित्र एकअर्कासँग जुध्धा भने खुसी देखिएका छन् । नायक जिवन लुइँटेल अभिनित फिल्महरुबिच अमेरिकामा प्रतिस्पर्धा हुने भएको छ । जिवन अभिनित फिल्महरु ‘ठूली’ र ‘स्टुपिड मन’ को अमेरिकाका केही शहरमा शो भैरहंदा उनकै अर्को फिल्म ‘भूल भूलैया’ को पनि मार्च महिनाको ७ तारिखमा प्रदर्शन हुने निर्देशक योगेश घिमिरेले जानकारी दिए । यसरी एकपछि अर्को गदैं आफुले अभिनय गरेका चलचित्रहरु लगातार अमेरिकामा प्रदर्शन हुनेभएपछि जीवन निकै खुसी देखिएका छन् ।

jeevan lautel

जीवनले भने -‘सायद, नेपाली चलचित्रको इतिहासमा यो पहिलो होला, जहाँ एउटै कलाकारका चलचित्र विदेशमा जुधिरहेका छन् ।’ यसरी विदेशमा आफुले अभिनय गरेको चलचित्रहरु एकपछि अर्को गर्दै प्रदर्शन हुन थालेपछि १ महिनाका लागी अमेरिका बसाईमा रहेका जीवनको बसाई अझ बढ्ने देखिएको छ । जीवनले आफू चलचित्र ‘भुल भूलैया’को शो सकेर मात्र नेपाल र्फकने जानकारी दिएका छन् । खबरका अनुसार हाल जीवन अमेरिकामा नै चलचित्र खेलिरहेका छन् । अमेरिकामा नै भ्याई नभ्याई भएपछि उनले नेपाली चलचित्र तिन घुम्ती समेत छोडेका थिए ।

%d bloggers like this: