Thu. Mar 28th, 2024

पछिल्लो समयमा बेला बेलामा चलचित्रको महायुद्ध हामी सबैले देख्ने गरेका नै छौं । केहिले एउटै मितिमा ३ देखी ४ वटा चलचित्रसम्म प्रदर्शनमा आएका छन् भने केहि काँहि कुनै कुनै चलचित्रले मात्र सोलो रिलिजको मौका पाएका छन् । त्यहि भिडमा माघ २३ गते पनि त्यस्तै अर्को महायुद्ध देख्न पाइने भएको छ । माघ २३ गते देशभर ३ वटा नेपाली चलचित्र प्रदर्शनमा आउन लागेका छन् । स्केप,लोग्ने मान्छे र सुनपानी नामक चलचित्र माघ २३ गते देशभर आउँन लागेका चलचित्र हुन् । सुनपानी केहि कम बजेटको चलचित्र भएपनि लाग्ने मान्छे र स्केप ठुला बजेटका चलचित्र हुन् । यसरी एउटै मितिमा एकसाथ तिन चलचित्र प्रदर्शनमा आउँदा कुनै पनि चलचित्रका निर्मातालाई फाइदाँ हुने देखिएको छैन तर पनि एउटै मितिमा तिन चलचित्र प्रदर्शन गर्नु भनेको राम्रो होइन । यसले न निर्मातालाई नै फाइदाँ हुन्छ न अरु कुनै कलाकार,निर्देशक,प्राविधिकहरुलाई नै । तर माघ २३ गते भने दर्शकहरुले कुन चलचित्र राम्रो होला भन्ने छुट्याउन पनि नसक्ने अबस्थामा छन् । यसरी एकसाथ धेरै चलचित्र प्रदर्शनमा आउँदा चलचित्रको निर्माणपक्षलाई मात्र होइन दर्शकलाई समेत चलचित्र छुट्याउन मुस्किल पर्ने गरेको छ । तर यि तिन चलचित्र मध्य कसले बाजि मार्लान त्यो भने माघ २३ गतेले नै देखाउँलान तर खबरका अनुसार यि तिनै चलचित्रहरुले सोचेअनुरुपको व्यापार नगर्ने अनुमान यति बेला धेरैले लगाउन थालिसकेका छन् ।

यस्तो छ माघ २३ गते प्रदर्शनमा आउन लागका तिन चलचित्रहरु :

sunpani

चलचित्र ‘सुनपानी’
जातीय छुवाछूत र वर्गीय असमानतालाई आधार बनाएर तयार गरिएको नेपाली चलचित्र ‘सुनपानी’ गुञ्जन एण्ड कुसुम फिल्मस्को ब्यानरमा निर्माण भएको हो । सबिन बास्तोलाको निर्देशन रहेको यस चलचित्रको विशेष प्रदर्शनहरू पोखरा, बुटवल, काठमाडौंलगायतका स्थानहरूमा भइसकेको छ । निर्देशक बास्तोलाकै कथामा लक्ष्मण लम्सालको पटकथा, गणेशकुमार श्रेष्ठको छायांकन, विमलराज क्षेत्रीको संगीत, कमल खालिग र नीशा शाहको नृत्य रहेको यो चचित्रमा नवीन तिम्सिना, आशा भुसाल, सबिन बाँस्तोला, अग्रज केसी, तारा केसी, स्वस्तिका लामिछानेलगायत रहेका छन् । चलचित्रको कतिपय दृश्यमा निर्देशक बाँस्तोलाले दाहोरो अर्थ लाग्ने संवाद र दृश्यहरू प्रयोग गर्दै झण्डै अश्लीलझैं लाग्ने प्रसंगहरूलाई पनि बडो मनोरञ्जक शैलीमा पस्किन सफल देखिएका छन् ।

logne manche

चलचित्र ‘लोग्ने मान्छे’
लय संग्रौलले निर्देशन गरेको चलचित्र लोग्ने मान्छेमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारको अभिनय छ । चलचित्रमा उत्तम केसी परिकल्पनाकारको रुपमा छन् । यस्तै, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन चलचित्रमा छ । लोग्ने मान्छेले वैवाहिक बन्धनपछि हुने स्वाभाविक तथा अस्वाभाविक ठगीले समस्याग्रस्त मनोविज्ञानलाई कथानक रुपमा चित्रण गरेको छ ।

escape team

चलचित्र ‘स्केप’
सस्पेन्स तथा सामाजिक कथामा निर्माण भएको चलचित्र स्केपमा रीमा विश्वकर्मा, प्रदिप खड्का, कमल श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । प्रदिप खड्काको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन, राजु जंग थापाको एक्सन छ । कमल श्रेष्ठको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता अमित ढुंगाना हुन् । ‘स्केप’ले लागूपदार्थको कथालाई उठान गरेको छ ।

%d bloggers like this: