Fri. Apr 19th, 2024

सदाबाहार नायकको उपाधि पाएका नायक भुवन केसीको बारेमा के तपाई धेरै भन्दा धेरै पढ्न र बुझ्न चाहानु हुन्छ ? अब धेरै प्रतिक्षा गर्नु पदैंन किनकी भुवन केसीको आत्मकथा अब चाडैं बजारमा आउने भएको छ । प्राय केटीहरुसँग चाडैं घुलमिल हुने नायक भुवन केसी प्राय केटीहरुकै कारण पनि चर्चा र विवादमा आउँछन् । तर आफु चाहेर भने विवादमा आउन नचाहेको भुवन आफैं बताउँछन् तर यसको रहस्य भवुनको आत्कथाले नै बोल्ने घोष्ट राइटिङ नेपालका प्रमुख तथा भुवनको आत्मकथा लेखेका कमल ढकालले बताए ।

यहि चैत्र २२ गते भुवन केसीको आत्मकथा उनकै आमा बिन्दू केसीको जन्मदिनको अवसर पारेर सार्वजनिक हुदैंछ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि नायक भुवन केसीलाई घोष्ट राइटिङ नेपालका प्रमुख तथा भुवनको आत्मकथा लेखेका कमल ढकालले आत्मकथाको प्रकाशनको अधिकार दिएवापत भुवन केसीलाई दुई लाख ३५ हजार रूपैंयाको चेक प्रदान प्रदान पनि गरे ।

bhuwan-kc1

कार्यक्रममा बोल्दैं लेखक ढकालले सार्वजनिक हुन लागेको नायक भुवन केसीको आत्मकथाले उनका फ्यानहरुलाई मात्र होइन अरु धेरैलाई मार्गदर्शन पनि गर्ने बताए । साढे दुई बर्ष लगाएर पुस्तक तयार पारेको जानकारी दिदैं लेखक ढकालले भुवनका धेरै रहस्यमय कुरा आत्मकथाले उजागर गरेको पनि बताएका छन् ।

त्यस्तैं नायक भुवन केसीले आफ्नो बारेमा आत्मकथा आउन लागेको थाहा पाउँदा निकै खुसी लागेको बताए । उनले भने मेरो आत्मकथाले अहिलेका पिढि र आउनले पिढिलाई मार्गदर्शन पनि गर्नेछ । सानैं छदाँ बुबाको निधन भएपछि आमाको मायाबाट नै अगाडी बढेका नायक भुवन केसी आमा र माईजुहरूको काखमा नै हुर्केको बताउँछन् । भुवनले आफ्नो तीस दशकको फिल्मी यात्रा र एक दशकको सांगितिक यात्रा सहित बालापनको कथालाई कितावमा हुबहु उतार्न आफुले कुनैपनि कसरत बाँकी नराखेको लेखक ढकालले बताए । भुवनको आत्मकथामा बालापन देखि पछिल्लो पटक आयोजना भएको दोश्रो संविधानसभा निर्वाचन सम्मको प्रसंगहरु छन । पत्रकार सम्मेलनमा भुवनले आफ्नी ७२ बर्षीया आमा विन्दूलाई पनि उपस्थित गराएका थिए ।

%d bloggers like this: