Thu. Mar 28th, 2024

भदौ १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘उत्सव’को ट्रेलर रिलिज भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्रको ट्रेलर सार्वजानिक गरिएको थियो । कुमार भटराईको निर्देशन र शेखर कोइरालाले लगानी गरेको चलचित्र ‘उत्सव’मा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको सगै निर्माता कोइरालाका छोरा संजोग कोइरालाको मुख्य भुमिकामा देखिने छन् ।
utsav
चार्टर एकाउन्टेन गरिरहेको संजोगले चलचित्रप्रति मोह देखाएपछि उनले सो चलचित्रमा अभिनय गरेका हुन् । चलचित्र ‘उत्सब’ले यूवापुस्ताको बिषयमा बोल्ने निर्देशक भटरार्ईले बताए । चलचित्रमा भने पूर्णरुपमा रोमान्टिक रहेको छ भने चलचित्रका सम्पुर्ण पात्रहरु रोमान्टिक दृश्यमा देखिने छन् ।
केहि दिन अगाडी मात्र चलचित्र ‘उत्सव’को अफिसियल पोस्टर सार्वजानिक भएको थियो । चलचित्र ‘उत्सव’ सगँ ‘नाइके’ र ‘यो कथा हो तिम्रो मेरो’चलचित्र एक साथ प्रदर्शनमा आउने छ ।

%d bloggers like this: