Fri. Apr 19th, 2024

नेपाली सांगीतिक फांटमा केही वर्ष अघिसम्म एकछत्र राज गरेका रामकृष्ण ढकालको स्थिति यतिबेला आफैले गाएको गीत ‘ओराली लागेको हरिणको चाल भो’ भनेजस्तै हुन पुगेको छ । भर्खरै मात्र उनले एक करोड ८० लाख ऋण लिएपछि समयमै भुक्तानी गर्न नसक्दा घर सहकारीलाई बुझाएका छन ।_ram krishna dhakal
यता रामकृष्णले भने ८० लाख बुझाइसक्दा पनि सहकारीले बदनाम गरेको प्रति दुखेसो व्यक्त गरेका छन ।
यस्तै रामकृष्णले घर सहकारीलाई बुझाइसकेपनि उनले सो ऋण मिनाहा गर्न मन्त्रीको घरघरसम्म धाएको खबर पनि बाहिरीएको छ ।
भनसुन गर्ने क्रममा वर्षमान पुन,खिलराज रेग्मी,शंकर कोइराला लगाएतका नेतासामू हारगुहार गर्न पुगेको पनि उनि आफैले स्विकारेका छन ।
तर  दोडधुप जति गरेपनि अहिलेसम्म ऋण मिनाहा भइ घर फिर्ता हुने कुनै संकेत भने देखिएको छैन ।

%d bloggers like this: