Fri. Mar 29th, 2024
फिल्म निर्माणको काममा महिला सहभागिता बढ्दै गएको छ । केही फिल्ममा अभिनय गरेर फिल्म निर्माणमै लागेकी निर्मात्रीमा अभिनेत्री शुभेच्छा थापा पनि पर्छिन् । ‘को हुँ म’को निर्माण पछि उनको पछिल्लो फिल्म ‘मिस नेपाल’ आगामी जेठ ९ गतेबाट अल नेपाल रिलिज हुँदैछ । फिल्म निर्माणदेखि प्रदर्शनको अवस्थासम्म आइपुग्दा यो फिल्म विवादित पनि बन्यो । खासगरी फिल्मको शीर्षक, शुभेच्छाको हट फोटोसेसन, अर्की नायिका क्षितिजा शाक्यसँगको सम्बन्धलगायतका विषयले फिल्म चर्चामा आईरह्यो । यिनै नायिका तथा निर्मात्रीसँग ‘मिस नेपाल’का बारेमा गरिएको कुराकानीको सारसंक्षेप ः
तपाईको फिल्म ‘मिस नेपाल’को बारेमा केही बताईदिनुहोस् न ?
मेरो फिल्म एउटा विशुद्ध पारिवारिक फिल्म हो । सामाजिक कथावस्तु समेटिएको फिल्मले एउटा महिलाले कुनै पनि कामको उपलब्धि प्राप्त गर्न कतिसम्म संघर्ष गर्नुपर्छ भन्ने कुरा फिल्मले उठाएको छ ।
पारिवारिक भनिए पनि फिल्मको पोष्टरमा तपाईको तस्वीर हेर्दा त त्यस्तो लाग्दैन नि ?
मैले अघि नै भनिसके कि मेरो फिल्म विशुद्ध पारिवारिक छ । म पनि एउटा नारी हुँ, मेरो पनि समाज छ, मेरो पनि परिवार छ भने मैले किन त्यस्तो नकारात्मक सन्देश दिने फिल्म बनाउँछु र ? मैले खिचेको फोटो हिडन ट्रेजरलाई साइजमा ल्याउनका लागि नाटक मात्रै गरेको हुँ ।
माछाले वक्षस्थल ढाक्दैमा ट्रेजरलाई साइजमा ल्याउनुभयो त ?
मैले फोटोसुट गरेर मिडियामा आएपछि हिडन ट्रेजरले बाध्य भएर सहमतिमा आउनुपर्ने अवस्था सिर्जना भयो । मलाई मिस नेपाल टाइटल राखेको भन्दै त्यो हटाउनका लागि फोनबाट धम्की आउने, फेसबुकबाट तनाव दिने काम भइरहेको थियो । त्यो फोटोसुटले मिस नेपाल भनेको यस्तो पनि गर्नुपर्ने रहेछ भन्ने चर्चा हुन थालेपछि उहाँहरु सहमतिमा आउनु भयो ।
फिल्म त निर्माण चरणदेखि नै विवादमा आयो ?
फिल्मको नाममा धेरै विवाद भयो । हिडन ट्रेजरले यसलाई विवादमा तानेको मात्रै हो । बाहिर जसरी हल्ला भयो त्यो फिल्म भित्र छैन तर फिल्मलाई हेरेपछि मिस नेपालका आयोजकहरुले सामाजिक फिल्म भनेर भनिसकेका छन् ।
आजकलका फिल्ममा छाडापन किन बढेको होला ?
फिल्म भनेकै ग्ल्यामर हो, त्यसमा कुनै चिन्ता लिनु पर्दैन । ग्ल्यामर बिना फिल्म चल्दैन पनि । सामान्य कथावस्तु भए पनि ग्ल्यामर बिना फिल्म चल्न छाड्यो । ग्ल्यामरलाई प्रस्तुत गर्दा पनि सकेसम्म जानी जानी गरेको जस्तो नभइ कथाअनुसार नै देखाउनुपर्छ ।
मिस नेपाल बन्नका लागि आयोजकको सम्पूणर््ँ इच्छा पूरा गर्नुपर्छ भन्ने कुरा तपाईंले भन्दै आउनुभएको छ, के यो साँचो हो त ?
मेरो फिल्ममा त्यो कुरा छ कि छैन त्यो हेरेपछि थाहा पाइहाल्नु हुनेछ । तर मिस नेपाल बन्दाको अवस्थामा विकिनीमा फोटोसुट गर्नुपर्ने अनि आयोजकहरुको इच्छाअनुसार बन्धक बन्नुपर्ने, उनीहरुको मनोरञ्जनको साधन बन्नुपर्ने अवस्था चाहिँ योभन्दा पहिला हुने मिस नेपालको सर्भेक्षणबाट पनि थाहा पाउन सक्नुहुनेछ । मैले सबैसँग अध्ययन गरेर मात्रै मिस नेपाल बनाएकी हुँ ।
कस्तो आशा छ मिस नेपालबाट ?
म ढुक्क छु, यो फिल्मबाट म घाटामा जाँदिनँ । हुन त फिल्म निर्माताहरु खाली हात फकिर्एका पनि छन् । पछिल्लो समय फिल्म केही मात्र चलेका छन् तर मिस नेपालले खाली हात फकँर्दैन । यो एउटा पारिवारिक सामाजिक फिल्म भएकाले पनि राम्रो बनेको छ ।
%d bloggers like this: