Tue. Apr 23rd, 2024

पछिल्लो पुस्ता फेसनप्रति आकर्षित हुँदै गएका छन्, जसले फेसन डिजाइनरको क्रेज बढ्दै छ । यो अनुभव फेसन डिजाइनर शोभा महर्जनको हो । सन् २००७ यता फेसन डिजानरको पेसा अँगाल्दै आएकी शोभाले तीन वर्षयता ‘गर्जियस इस्न्टिच्यट अफ फेसन टेक्नोलाजी’ (जीआइएफटी) सञ्चालन गर्दै आएकी छन् । त्यसअघि उनले विभिन्न फेसन इस्न्टिच्युटमा डिजाइनर प्रशिक्षक रहेर अनुभव लिएकी थिइन् । हाल शोभाको इस्न्टिच्युटमा १८ जना फेसन डिजाइनरका बिद्यार्थी छन् । फेसन इस्टिच्युटसँगै बुटिकसमेत सञ्चालन गर्दै आएकी शोभाका अनुसार गर्मी मौसममा वानपिस, स्कर्ट र टपजस्ता हल्का पहिरन बढी अर्डर हुने गर्छ । इस्टिच्युटका बिद्यार्थीको क्रियशन प्रमोटका लागि शोभाले १९९९ एडीसँग संयुक्त रुपमा शनिबार ‘गर्जियस अटायर फेसन सो–२०१४’ आयोजना गर्दैछिन् ।

फेसन डिजाइनरको भविष्य कस्तो छ ?

– एकदमै राम्रो । दिनानुदिन फेसन पारखी बढ्दै छन् । जसले गर्दा डिजाइनर बन्नेको क्रेज पनि बढ्दैछ ।

बुटिक पनि सञ्चालन गर्दै आउनुभएको छ, अहिले बजारमा कस्तो फेसन चलेको छ ?
–    विन्टरमा भन्दा समरमा बढी फेसनेवल परिहन  चल्छ । अहिलेको समय भनेको समर हो, त्यसैले युवतीको मामलामा वानपिस, स्कर्ट, टपजस्ता हल्का पहिरन चलेको छ ।

कुन उमेरकाले वानपिस तथा स्कर्टको अर्डर गर्छन् ?
–    स्कर्ट, वानपिस र टप प्राय टिनएजरले लगाउने गर्छन् । टिनएज कटेका युवतीले वानपिसमा पनि पेन्सिल लगाउने गरेका छन् ।

बुटिकको पहिरन लगाउनुको फाइदा के छ ?
–    धेरै फाइदा छ । आफूले भनेजस्तो कलर कन्भिनेसन गर्न पाइन्छ भने आफ्नो साइजअनुसार फिटिङ पहिरन बुटिकमा पाइन्छ । त्यो रेडीमेडमा पाइँदैन ।

फेसन सोचाहिँ केका लागि गर्न लाग्नुभएको हो ?
–    अहिले मेरो इस्न्टिच्युटका १८ फेसन डिजाएनिङका बिद्यार्थी छन् । उनीहरुको क्रियसन प्रमोट गर्ने उद्देश्यले ‘गर्जियस अटायर फेसन सो गर्न लागेका हौं । साथै, मोडललाई अवसर दिनु अर्को उद्देश्य हो । यसमा १९९९ एडीले साथ दिएको छ । गत वर्षदेखि हामीले फेसन सो गर्न सुरु गरेका हौं ।

सोमा के–के सिक्वेन्स राखिएको छ ?
–    साडी, वानपिस, इभिनिङ गाउन र लेहेंगामा १६ जना फिमेल मोडल प्रस्तुत हुनेछन् । साथै, समर वेयर स्पेशल सिक्वेन्स पनि राखिएको छ ।

आकर्षणचाहिँ केमा हो ?
–    हामीले साडी सिक्वेन्सलाई आर्कषणको रुपमा राखेका छौं किनकि, अहिले साडीको सिजन छ ।

%d bloggers like this: