Thu. Apr 25th, 2024

काठमाडौं, ४ चैत ।  प्यासन ईन्टटेनमेन्ट र एलिजा ईन्टरनास्नलको संयुक्त ब्यानरमा “बि.एफ.एफ: बेस्ट फ्रेण्ड फरएभर” नामक फिल्म बन्ने भएको छ । हाल प्रि-प्रोडकस्नमा रहेको सो फिल्मको मुख्य कलाकारको लागि अहिले अडीसन भइरहेको छ । उत्सब थापलियाको निर्देशन गर्ने फिल्ममा लोचन आचार्यको लेखन रहेको छ। फिल्ममा निर्मान एसान अलिको रहने छ। देशकै कान्छा निर्देशक र लेखकका रुपमा उदाएका उत्सब थापलिया र लोचन आचार्य अहिले मात्र १९ बर्ष लागेका छन । यस अघि एन अर घिमिरे कान्छा निर्देशकको रुपमा चर्चित थिए । फिल्म “बि.एफ.एफ: बेस्ट फ्रेण्ड फरएभर” युवा जिबनमा आउने उतार-चडाब,हासी-मजाक अनि साथीभाई बिचको सम्बन्धमा आधारति फिल्म हो । फिल्मको शुटिंग चाडै सुरु हुने निर्माण पक्षले जनाएको छ।

%d bloggers like this: