Fri. Mar 29th, 2024

हिजो शुक्रबार बाट देशभर प्रदर्शनमा आएको चलचित्र होस्टेलले पुर्वका
हलहरुमा समेत उत्साहजनक कलेक्सन गर्न सफल भएको छ | पुर्वको आधा दर्जन हल
मार्फत रिलिजमा आएको चलचित्रको आज सम्पूर्ण हलहरुको शो हाउसफुल रह्यो
| त्यसो त हिजो समेत सम्पूर्ण हलहरुमा चलचित्रले उत्साहजनक ओपनिंग गर्न
सफल भएको थियो | पुर्वमा चलचित्र गणेश टाकिज धरान,पाथिभरा चित्र मन्दिर
दमक ,कृष्ण टाकिज बिर्तामोड,भिलेज सिनेमा उर्लाबारी,कन्चन टाकिज पथरी र
शारदा चित्र मन्दिर बेलबारी मार्फत रिलिजमा आएको छ |हिन्दी चलचित्र
सत्याग्रहलाइ समेत रिप्लेस गर्दै हिन्दी फिल्म चल्ने
बिराटनगर,झुम्का,दुहबी लगायतका स्थानमा समेत चलचित्रको डिमाण्ड बढेपछि ति
स्थानमा समेत हिन्दी चलचित्रलाइ उतारेर होस्टेल लाग्ने भएको छ | त्यसो त
रात्री शो मा सत्याग्रह चलाउदा दर्शकहरु  होस्टेल हेर्न आएपछि होस्टेललाइ
नै प्रदर्शन गरिएको छ  | धरानको गणेश टाकिजमा समेत होस्टेल निर्माण गरेको
ब्यानर दुर्गिश फिल्मको पहिलो चलचित्र सायद पछि यति धेरै दर्शक आएको हल
म्यानेजर भोलामान श्रेष्ठले बताए | धरानमा सायदले गरेको कलेक्सन भन्दा पनि
होस्टेलको कलेक्सन माथी रहेको छ | उता दमक स्थित पाथिभरा चित्र मन्दिरका
म्यानेजर एवं फिल्मका पुर्वान्चल वितरक चैतन्य बरालले धेरै वर्ष पछि यो
मात्रामा चलचित्र हेर्न दर्शक आएको र यतिको व्यापार गरेको बताए | फिल्म
हेर्ने दर्शकले समेत चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए
| बिशेस:त फिल्म हेर्न अधिकांस टीनेजर वर्गका दर्शक हलमा उर्लिएका थिए
| धेरै पछि धरानमा  सिनेमाको टिकट ब्ल्याकमा  बिक्रि भएको थियो | चलचित्रमा
अभिनय गरेका अनमोल के.सी सलोन बस्नेत र गौरव पहरीको भूमिकालाइ सबैले
तारिफ गरेका थिए | अनमोललाइ पर्दामा देखाउना साथ दर्शकको हल्लाले हल
गुन्जयमान भएको थियो | शनिबार नेपाल भर बाट ५० लाख माथी कलेक्सन गर्न सफल
भएको फिल्मले भोलि बाट अझ पिकअप लिने विश्वास गरिएको छ |2013-08-31 11.43.39 2013-08-31 14.33.18

%d bloggers like this: