Wed. Apr 24th, 2024

बलिउडकी हट अभिनेत्री कंगना रानावत आफ्नो आगामी फिल्म ‘क्रिस–३’ मा नयाँ रुपमा देखिने भएकी छन् । सुपरवुमेनको भूमिकामा देखिन लागेकी कंगनाका अनुसार ‘क्रिस–३’ मा काम गर्न निकै चुनौतीपूर्ण थियो । यी अभिनेत्रीले भनिन्, ‘कृष–३ मा सुपरवुमेनको भूमिका गर्न मलाई सजिलो थिएन । मैले चुनौती मोलेर काम गरेकी छु ।’
कंगना फिल्म ‘क्रिस–३’ बाट निकै आशावादी छिन् । उनी भन्छिन्, ‘यस फिल्ममा मैले सुपरवुमेनको भूमिका गरेकी छु । भूमिका निकै चुनौती भए पनि राम्रो गरेकी छु । उनले फिल्ममा प्रसस्त एक्सन दृश्य दिएकी समेत बताइन् । ‘मैले मिहेनत पनि गरेकी छु’ कंगनाले भनिन्, ‘त्यसैअनुसार प्रतिक्रिया पाउने अपेक्षा गरेकी छु ।’ कंगनाले यस फिल्ममा चर्चित फेसन डिजाइनर गेविन मिगलले तयार पारेको सुट लगाएकी छन् । उक्त सुट लगाउन मात्र कंगनालाई दुई घण्टा लागेको थियो ।
‘कृष–३’ राकेश रोशन निर्मित सन् २००३ मा प्रदर्शित फिल्म ‘कोई मिल गया’ को तेस्रो संस्करण हो । यसको दोस्रो संस्करण ‘कृष’ सन् २००६ मा बनेको थियो । ‘कृष–३’ मा ऋतिक रोशन, प्रियंका चोपडा, विवेक ओबेराय र कंगना रानावतको मुख्य भूमिका छ । यो फिल्म ४ नोभेम्बरमा प्रदर्शन हुनेवाला छ ।

%d bloggers like this: