Fri. Mar 29th, 2024

निर्माता तथा कलाकारले भगवान् बद्धको जन्म भारतमा भएको अभिव्यक्ति दिएपछि भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारणममा आएको टेलिसिरियल ‘बुद्ध’ रोकिएको छ । सिरयललाई नेपालमा प्रशारणमा रोक लगाइएको हो ।
सिरियलका निर्माता एवं कलाकारले तथ्यलाई तोडमोड गर्दै बुद्धको जन्म भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि नेपालीहरु आक्रोशित भएका थिए ।
बुद्धको प्रसारणमा सरकार नभइ केवल टिभी एशोसिएशनले सरकारलाई जानकारी दिएर आफू मातहातका केवल टिभी अपरेटरबाट प्रसारण रोकेको बताएको छ । बुद्धको जन्म, ज्ञानप्राप्ति र उपदेश समेटिएको सिरियल आजदेखि प्रसारणमा आएको हो । सिरीयलका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै बुद्धको प्रशारण रोकिएको टीभी एशोसियसनले बताएको छ ।

%d bloggers like this: