Thu. Mar 28th, 2024

फेरि एकपटक भारतीय टेलिभिजन जीटिभीमा प्रसारण हुने हिन्दी टेलिसिरियलमा नेपालीको गौरवमाथि प्रहार हुनेछ । किनभने त्यो सिरियलमा देखाइनेछ, ‘बुद्ध भारतमा जन्मिएका हुन् ।’ बिके मोदिले निर्माण गरेको उक्त टेलिसियरलमा उनी स्वयंमले बुद्ध भारतमा जन्मेको बताएका छन् । फिल्मका पात्र कविर वेदीले यसअघि नै भारतीय सञ्चारमाध्यममा बुद्ध भारतमा जन्मेका बताइसकेका छन् । प्रचार प्रसार सुरु नै ‘बुद्ध भारतमा जन्मिएको र उनका बारेमा भारतमै टेलिसिरियल बन्नु खुशीको कुरा भएको’ भन्ने बाट गरिएको थियो । भारतमा जन्मेपछि उनको उपदेशहरु संसारभरि फैलिएको उनीहरुले बताएका छन् । बुद्धबारे अनुसन्धानसमेत गरेको भनिएका निर्माता बिके मोदीले बुद्ध भारतमा जन्मेको कुरा आयोजित पत्रकार सम्मलेनमा बताएका हुन् । गौतम बुद्धको जन्म, जीवन र उपदेशहरु टेलिसिरियलमा समावेश गरिएको बताइएको छ । जीटिभीमा आइतबार प्रसारण हुन लागेको धर्मेशद्वारा निर्देशित सिरियलमा कबिर बेदी, समिर धर्माधिकारी र निगार जे खानको मुख्य भूमिका निर्वाह गरेका छन् । सो टेलिसिरयल आइतबार बिहान ११ बजेको प्राइम टाइम ”बुद्ध”ले पाएको छ। ५२ भाग लामो सिरियलको प्रत्येक भागको अवधि एक घन्टा हुनेछ।

%d bloggers like this: