Sat. Apr 20th, 2024

शुक्रबार (भदौ १४ गते) बाट प्रदर्शनमा आएको चलचित्र होस्टेलले पहिलो दिनमै राम्रो व्यापार गर्न सफल भएको छ । दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली चलचित्र होस्टेलले उत्साहजनक व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको डिस्ट्रिव्युसनको जिम्मा लिएका निर्माता तथा नायक गोविन्द शाहीले चलचित्रले पहिलो दिनै निकै उत्साहजनक व्यापार गरेको बताएका छन् । उनका अनुसार देशैभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र होस्टेलले सवै हलमा दर्शकको घुँईचो लागेको छ । राजधानीका सबैजसो मल्टिप्लेक्स हलहरु बिहिबार साँझ नै बुक भैसकेकाले शुक्रबार हल पुग्ने दर्शकहरुले चलचित्र हेर्न पाएनन् । शाहीले सबैजसो हलमा सिटभन्दा बढी दर्शकहरु रहेको प्रतिक्रिया दिए । राजधानीका सबैजसो हलमा तीन वटै शोमा होस्टेल चलचित्र लागेको छ । सुनिल रावलले निर्माण गरेको चलचित्रमा गौरब पहाडी, अनमोल केसी, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुनिल रावलले निर्माण गरेको सायद चलचित्रले गतवर्ष उत्कृष्ट चलचित्रको अवार्ड पाएको थियो ।

%d bloggers like this: