Thu. Apr 25th, 2024

नेपाली फिल्मको बजार कमजोर हुनुको कारण हिन्दी फिल्मलाई मान्ने गरिन्छ। तर, यसपटक नेपाली फिल्म …होस्टेल’ले हिन्दी फिल्म सत्याग्रह लाई पछारेको छ। आजदेखि हलमा लागेको …होस्टेल’ हेर्ने दर्शकको चाप बढेपछि काठमाडौ“को सिभिल मलस्थित हलले तीन शो बाट बढाएर चार पुर्‍याएको छ। बिहान ९, त्यसपछि दिउसो ३ र ५ बजेको शोका टिकट अग्रिम बुकिङ भएपछि ६ बजेको शो थपेको हो।
गोपिकृष्णमा दुइटा हलमा चलाइएको फिल्मको बिहानी शोमा दुइटै हाउसफूल भएपछि केही दर्शक रित्तो हात फर्किएका थिए। केही समय हुलदंगा भएपछि बल प्रयोग गर्नुपरेको बताइएको छ। भक्तपुरको बाराही हलमा फिल्म …होस्टेल’ हेर्ने दर्शक बढी भएपछि …क’ हलमा हिन्दी फिल्म …सत्याग्रह’ नचलाएर होस्टेल चलाएको बताइएको छ।
पोखरा श्रीकृष्ण हलमा पनि नेपाली फिल्म …होस्टेल’ हेर्न दर्शक बढी भएपछि हलको क र ख मा लागेको होस्टेल भोलीदेखि श्रीकृष्ण हलमा पनि लाग्दैछ भने …सत्याग्रह’ ख मा खुम्चिने भएको छ। नारायणगढको एउटा हलले मात्रै बिहानी शोबाट ७१ हजार कलेक्सन गरेको फिल्म बितरक गोबिन्द शाहीले बताएका छन्। पूर्वका हलमा पनि ब्यापार उत्साहजनक भएको बताइएको छ।

%d bloggers like this: